ghar sansar

वर्ष दिनमै हारलाई जितमा बदलेर नेतृत्वमा निर्वाचित नबिन

khasi

महेन्द्रनगर । भीमदत्त नगर पालिका ५ बनगाउका नबिन भट्ट सोमबार बिहानैदेखि महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि.को कार्यालयमा व्यवसायीसित मत माग्न व्यस्त भए ।

उनी कम्पनीको अध्यक्षका लागि चुनाव लडेका थिए । गत बर्ष कम्पनीको पूर्ववत संस्था महाकाली सेती यातायात व्यवसायी समितिमा चुनाव लडेर पराजित भएका थिए ।

सर्वोच्च अदालतले संस्था दर्ता ऐन अनुदार समिति नविकरण गर्न आदेश दिएपछि चुनाव भएको थियो । चुनावमा डम्बर राज पन्त निर्वाचित भएका थिए । पन्तसित भट्ट ११ मतले चुनाव हारेका थिए ।

गृह मन्त्रालयले नविकरण गर्न आनाकानी गरेपछि विशेष साधारण सभा गरी कम्पनीको चुनाव गरिएको हो । भट्टले यस पटक अघिल्लो बर्षको हार जितमा बदलेका छन् ।

सोमबार भएको निर्वाचनमा उनी अध्यक्ष निर्वाचित भएका छ्न । प्रतिद्वन्द्वी बिष्णु कडेँललाई ५ मत अन्तरले पराजित गरी भट्ट कम्पनीको नेतृत्वमा आएका छन् ।

सोमबार मत माग्दै गर्दा भट्टले यातायात व्यवसायी क्षेत्रका समस्या समाधान गर्न आफू अध्यक्षमा चुनाव लडेको बताएका थिए ।

dirghayi clinic

सोमबार जितपछि भट्ट ९ बर्षपछि फेरि नेतृत्वमा पुगेका हुन् । यस अघि उनी २०७१ देखि २०७४ सम्म तत्कालीन महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्ष भएका थिए ।

समितिका तत्कालिन महासचिव गोबिन्द धामीलाई पराजित गरी भट्ट पहिलो पटक अध्यक्ष भएका थिए । त्यति बेला उनी सबै भन्दा कम उमेरमा समिति नेतृत्व गर्ने व्यवसयी भएका थिए ।

अध्यक्ष हुन अघि भट्ट २०६६ मा समितिको कोषाध्यक्ष भएका थिए । चुनाव लडेर उनी कोषाध्यक्ष भएका थिए । २२ बर्ष अघि महेन्द्रनगर बैतडी बस सेवा सञ्चालन गरी यातायात व्यवसायमा आएका उनीसित अहिले चार गाडी छन् । कोरोना काल अघिसम्म भट्टसित एक दर्जन बढी गाडी थिए ।

व्यवसायीमा उनी सरल र समान्य स्वभाव भएका व्यक्ति भनेर चिनिन्छन् । उनी प्रष्ट बोल्ने गर्छन् ।

सोमबार निर्वाचनबाट अध्यक्ष र संचालक चुनिएका छन् । कम्पनी संचालकमा तत्कालीन समितिका पूर्व महासचिव देब राज जोशी सहित आएका छन् ।

समितिका पूर्व महासचिव गणेश बिष्ट भने संचालक सदस्यमा पराजित भएका छन् ।

सञ्चालक सदस्यमा धिरेन्द्र बहादुर चन्दले सबैभन्दा बढी मत ल्याएका छन् । समितिका पूर्व सदस्य आनन्द राज जोशी सदस्य दोहोरिएका छन् ।

कम्पनीको निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचन समितिले मंगलबार दिउँसो निर्वाचित अध्यक्ष र सञ्चालकलाई पद तथा गोपनियताको शपथ खुवाउने भएको छ ।

Himal dental
सम्बन्धित
Loading...