ghar sansar

काँग्रेस दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन

khasi

महेन्द्रनगर । काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन भएका छन् । १५ औं महाधिवेशन अन्र्तगत बुधबार नगर अधिवेशनबाट चन्द निर्विरोध नगर सभापति भएका हुन् ।

अधिवेशनबाट नगर उप सभापतिमा माया कुमारी पुन मगर र गगन बहादुर सिंह, सचिवमा कुशाल सिंह साउद र सह सचिव सुशिल राना मगर चयन भएका छन्।

dirghayi clinic

नगर समितिको युवा सदस्यमा भरतबहादुर क्षेत्री चयन भएका छन् । निवर्तमान नगर उप सभापति रामकृष्ण जोशीको सभापतित्वमा गरिएको उद्घाटनमा केन्द्रीय सदस्य सन्तोषी साउद ऐरी प्रमुख अतिथि थिइन् ।

कार्यक्रममा सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री बेलबहादुर राना, काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य कृष्ण पाठक, महा समिति प्रतिनिधि जगबहादुर चन्द, जिल्ला सहसचिव नाफु सिंह साउद, पूर्व जिल्ला सदस्य जसराज गिरी लगायत लगायत नेता सहभागी भएका छन् ।

नगर समितिका नव निर्वाचित सभापति चन्दले दोधारा चाँदनीमा पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने बताए ।

Himal dental
सम्बन्धित
Loading...