ghar sansar

पूर्व गृहमन्त्री रमेश लेखकको नाम नलिई काँग्रेस केन्द्रीय सदस्य ऐरीले भनिन्,  – तपाईले नै बनाएको विधान अनुसार गरिएको अधिवेशन कसरी वैधानिक हुँदैन त ?

khasi

महेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरीले पार्टी विधान अनुसार १५ औं महाधिवेशन थालिएको बताएकी छन् ।

काँग्रेसको १५ औं महाधिवेशन अन्र्तगत बुधबार काँग्रेस भीमदत्त नगर समितिको अधिवेशन उद्घाटन गर्दै ऐरीले पार्टीभित्र आफूलाई कानुनका ज्ञाता ठान्ने नेताले विधान विपरित भन्दै हिँडेकोले दुःख लागेको बताइन् ।

केन्द्रीय सदस्य ऐरीले आधिकारिक काँग्रेसको अधिवेशन सुरु भइ सकेको र असोज १५ गते अर्को अधिवेशन हुने निरर्थक हल्ला गरिएको बताइन् ।

dirghayi clinic

‘हिजो नेताज्यूले पार्टीको विधान बनाएको हो भन्न हुन्थ्यो, संविधान बनायौ भनेर हामीलाई सिकाउनु् भयो, यहीं पनि हामीलाई सिकाउनु भयो, आज वहाँ नै पार्टी अधिवेशन वैधानिक छैन भन्नु हुन्छ,’ केन्द्रीय सदस्य ऐरीले भनिन्, ‘अनि तपाईले बनाएको पार्टी विधान अनुसार हामीले गरेको अधिवेशन कसरी अवैधानिक हुन्छ त ?’

केन्द्रीय सदस्य ऐरीले पूर्व गृहमन्त्री लेखक रमेश लेखकलाई संकेत गर्दै अधिवेशन उद्घाटनमा कानुन अनुुसार महाधिवेशन वैधानिक भएको बताएकी हुन् ।

काँग्रेस विशेष महाधिवेशनपछि ऐरी केन्द्रीय सदस्य भएकी हुन् । १४ र्औं महाधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।

काँग्रेसले अहिले गरि रहेको महाधिवेशन नै वैधानिक भएकाले १५ गते गर्ने भनिएको अधिवेशनको पछाडि लाग्न पर्ने कुनै कारण नभएको ऐरीको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...