

महेन्द्रनगर । कांग्रेस बेदकोट नगर समितिको नेतृत्वमा तुलाराम शाहु दोहोरिएका छन् । १५ औ महाधिवेशन अन्र्तगत बुधबार बेदकोट नगर अधिवेशनबाट साहु निर्विरोध सभापति भएका छन् ।
नगर समितिका सर्वसम्मत निर्वाचित भएको नेता रमेश चटौतले जानकारी दिए । शाहु यस अघि १४ औं महाधिवेशनमा चुनाव लडेर सभापति भएका थिए ।


१४ औं महाधिवेशनमा काँग्रेसका तत्कालिन रमेश लेखक र एनपी साउँद समूहबीच प्रतिस्पर्धा भएको थियो ।
शाहु लेखक समूहका उम्मेदवार थिए । उनले साउँद समूहका पुष्पराज भट्टलाई पराजित गरेका थिए ।
काँग्रेस विशेष महाधिवेशनपछि शाहु लेखक छाडेर काँग्रेस संस्थापन भएका छन् । अहिले लेखक र साउँद सबै संस्थापन इतरको देउवा समूहका छन् ।
