ghar sansar

कञ्चनपुर काँग्रेसका कार्य वाहक सभापति रानाको क्षेत्रका सबै पालिकामा नगर समिति सर्वसम्मत

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सबै पालिकामा काँग्रेस नगर सभापति सर्वसम्मत चुनिएका छन् ।

१५ औ महाधिवेशनमा बुधबार बेल्डाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा सर्वसम्मत नगर समिति चयन भएका छन् ।

dirghayi clinic

निर्वाचन क्षेत्र नं. १ काँग्रेुस कञ्चनपुरका कार्य वाहक सभापति हरिशचन्द्र रानाको निर्वाचन क्षेत्र हो । काँग्रेसले महाधिवेशनका लागि जिल्ला सभापति पदम बोगटीको जिम्मेवारी खोसेर उप सभापति रानालाई कार्य वाहक दिएको थियो ।

कार्य वाहक सभापति रानाको गृह नगर बेलडाँडीमा धन बहादुर रोकाया गाउँपालिका सभापति भएका छन् ।

्काँग्रेस नेता गोपाल गुरुङ्गका अनुसार लालझाडी गाउँ सभापति लक्ष्मण राना, बेलौरी नगर सभापति प्रकाश श्रेष्ठ र पुनर्वास नगर सभापतिमा खगेन्द्र ओझा चयन भएका छन् । उनीहरुमा श्रेष्ठ जन प्रतिनिधि हुन् ।

बेलडाँडी गाउँ समिति उप सभापतिमा भुवन पण्डित, महिला उपसभापतिमा रतना कुमारी सुनार, सचिवमा वेदप्रकाश जोशी तथा सहसचिवमा दिनेश जोशी चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...