ghar sansar

भीमदत्त नगर सभापति सर्वसम्मत बनाउन काँग्रेस नेताले थाले उम्मेदवारसित छलफल

khasi

महेन्द्रनगर । काँग्रेस भीमदत्त नगरको सभापतिमा सुशील भट्ट र पदम बुडा दुबैको उम्मेदवारी यथावत भएपछि नेताहरु सहमतिका लागि छलफल थालेका छन् ।

काँग्रेस पार्टी कार्यालयमा सुरु अधिवेशनमा उम्मेदवारी फिर्ता समयसम्म दुई मध्ये एक जनाको उम्मेदवारी फिर्ता हुने आश गरिएको थियो ।

दुबैले उम्मेददारी यथावत राखेपछि नेताहरु सहमति गराउन छलफलका लागि अघि बढेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद, नेताहरु बहादुर सिह थापा, हरि प्रसाद बोहरा, दिवाकर पाण्डेय, शंकर चन्द, पदमराज अवस्थी लगायतका छलफल थालेका हुन् ।

dirghayi clinic

नेताहरुले अध्यक्षका उम्मेदवार बुढासित छलफल गरि सकेका छन् । उनीसित छलफलपछि भट्टसित छलफल गरिएको छ । नेताहरुका अनुसार दुबै जनालाई उनीहरुको इच्छा सोधिएको छ ।

सहमति नभए बिहीबार मतदान हुने नेताहरु बताउँछन्  । अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत भएका छन् । भट्ट भीनपा ४ र बुडा १७ बाट क्षेत्रीय प्रतिनिधि भएका हुन् ।

निर्वाचन समितिले बिहीबार ११ बजेदेखि मतदान गर्ने कार्यक्रम बनाएको नेताहरु बताउँछन् । त्यस अघि सहमति हुन नसके चुनाव हुने बताइएको छ ।

समितिको उप सभापतिमा रमेश भट्ट र धनेश्वरी बोगटी,बसचिव दिपक बिष्ट र सह सचिव प्रकाश कलौनी उम्मेदवार भएका छन् ।

उनीहरू सबै निर्विरोध भएका छन् । नगर समितिका अन्य सदस्यमा पनि एकल उम्मेदवार परेको छ ।

काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरीले अधिवेशन उद्घाटन गरेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...