ghar sansar

बुवाको बिँडो थाम्न खोज्दै समरजङ्ग चन्द, क्षेत्रीय प्रतिनिधि भएर काँग्रेसमा अघि बढे, महाधिवेशन प्रतिनिधि लड्दै

khasi

महेन्द्रनगर । भीमदत्त ६ का स्वर्गीय मदन चन्दलाई काङ्ग्रेसमा प्रजातन्त्र सेनानी सम्मान दिइएको छ । २०४६ को प्रजातन्त्र पुन बहाली आन्दोलन र कञ्चनपुर काँग्रेस स्थापनामा चन्दको भूमिकाको सम्मानमा केही बर्ष अघि प्रजातन्त्र सेनानी उपाधि प्रदान गरिएको थियो ।

भारतीय सेना जागिरे भएपछि चन्दले २०३३ मा काङ्ग्रेस राजनीति आवद्व भएका थिए । प्रजातन्त्र सेनानी मदन चन्द अभिनन्दन ग्रन्थमा काँग्रेसका तत्कालिन कार्य वाहक सभापति कृष्ण प्रसाद भट्टराईबाट सदस्यता लिएका थिए ।

त्यसपछि काँग्रेस राजनीतिमा सक्रिय भएर उनी पटक पटक जेल परेका थिए । २०४६ को जन आन्दोलनमा पनि पक्राउ परेका चन्द पञ्चायती व्यवस्था हटेपछि जेलबाट छुटेका थिए ।

बुवाको काँग्रेसङ्ग्रेस राजनीति देखेर माइला छोरा समरजङ्ग बहादुर चन्दले सानैमा राजनीति गर्ने सोच बनाएका थिए ।

उमेर बढ्दै गएपछि चन्द काङ्ग्रेसमा आवद्व भएर पार्टी राजनीतिमा लागे । १० बर्ष अघि काँग्रेस क्रियाशिल सदस्यता लिएका उनी १५ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनाव लड्ने तयारीमा छन् ।

वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिएका उनी काङ्ग्रेस भित्र बुबाको बिडो थाम्ने गरी राजनीतिमा सक्रिय हुन लागेका हुन् । शैक्षिक व्यवसायसंगै चन्द क्षेत्रीय प्रतिनिधि भएर काँग्रेस राजनीतिमा अघि बढेका छन् ।

‘मेरो पारिवारिक पृष्ठभूमि नै काँग्रेस हो, बुवा प्रजातन्त्र सेनानी हुन्, म त्यहींबाट काँग्रेसमा लागे’ चन्दले भने, ‘पार्टीमा बुवाको निकै ठूलो योगदान छ ।’

काँग्रेस विधि बिधान चलाएर देश र जनताको सेवा गर्ने उद्देश्यले आफू राजनीतिमा अएको चन्दले बताए । ‘देश विधि विधानले चलेको भए यस्तो हुदैन थियो, देशलाई नेताले चिन्न सकेन या चिन्ने प्रयास गरेन’ उनले भने ।

काँग्रेस विशेष महाधिवेशनपछि पार्टी राजनीतिमा सक्रिय हुने सोच बनाएका उनले गत महिना काङ्ग्रेस सभापति गगन थापालाई काठमाडौ गएर भेटेका थिए ।

थापासित उनले तपाईको कार्यकालमा जनता भोकै नमरोस, पार्टी बिधि बिधानले चल्नु पर्ने र भ्रष्टाचारमा शून्य सहनशिलता हुनु पर्ने धारणा राखेका थिए ।

बैतडीको मेलौली नगरपालिका ४ तिताबै पुख्र्यौलीका चन्द शैक्षिक व्यवसायी हुन । उनी भीमदत्त नगर पालिका ६ स्थित लिटिल स्टार पब्लिक स्कुलका संचालक हुन ।

dirghayi clinic

चन्द मधुवनमा जन्मिएका हुन । राजनीति शास्त्र डीग्री हासिल गरेका उनी बक्सिङका खेलाडी पनि हुन । १२ बर्ष बक्सिङ्ग खेलेका उनी अहिले बक्सिङ्ग संघको केन्द्रिय सदस्य छन् ।

शिक्षण, खेल, समाज सेवा सङगओ चन्द राजनीतिमा सक्रिय हुने सोच बनाएर अघि बढेका छन् ।

प्याब्सन सुदूरपश्चिमको वरिष्ठ उपाध्यक्ष चन्द बिभिन्न संघ संस्थामा आवद्व छन् । कञ्चनपुरमा रामलिला पुन संचालनको काम चन्दले थालनी गरेका हु्न्।

सशस्त्र द्वन्द्वले बन्द राम लिला २०७२ मा चन्दले पुन संचालन गरेका थिए । राम लिला समिति बनाएर चन्द राम लिला संचालन गरिएको थियो ।

गत बर्ष भदौमा जेन जी आन्दोलन भएपछि राम लिला संचालन रोकिएको छ । चन्दले काठमाण्डौ र मधेस प्रदेश सम्म राम लिला लगाएका छन् ।

पूर्णागिरी खानेपानी सरसफाइ उपभोक्ता योजना उपाध्यक्ष, कञ्चन समाज सल्लाहकार, शिब मन्दिर व्यवस्थापन समिति सल्लाहकार, मधु मदन कला संस्कृति तथा ज्येष्ठ नागरिक मिलन भवन र मधुवन टोल बिकास समितिका अध्यक्ष छन् ।

चन्द परिवार २०२३ मा तराई झरेर मधुवन बस्न थालेको हो । मधु वनमा उनी २०३४ मा जन्मिएका हुन् । उनी घर परिवारमा माइलो हुन । उनका दुई दाई भाई र दुई दिदी छन् ।

चन्दका बुवा पाच भाई थिए । उनीहरुमध्ये दुई भाइ बाहेक अन्य तीन परिवार तराई बस्ने गर्छन् ।

चन्दका बुवा मदन २०३१ मा तत्कालीन शाही सेना विरुद्ध विद्रोह गरेका थिए । उनले छोरीहरुमाथि सैनिक बलात्कारको विरोध गरेका थिए । भूपू सैनिक दल खोलेर उनी सेना विरुद्ध बिद्रोह गरेका थिए । त्यसपछि उनी ६ महिना जेल परेका थिए ।

२०३६ को जनमत सङ्ग्रहको नतिजा बिरुद्ध हस्ताक्षर सङ्कल गरेपछि २०४१ मा फेरि ४५ दिन जेल बसेका थिए ।

२०६२ सम्म उनी पटक पटक जेल परेका थिए । २०६१ माघ १९ को शाही कु बिरुद्ध ७६ बर्षको उमेरमा उनी सडकमा आएका थिए ।

तीन महिना जेल बसेर छुटेका उनलाई २०६२ मा तत्कालीन महाकाली अञ्चलका अन्चालाधिश महेन्द्र मान व्यतीतले अनाथालयमा नजर बन्द गरेका थिए ।

चन्द अनाथालयको अध्यक्ष थिए । २०४९ मा चन्दले महेन्द्रनगरम समज कल्याण अञ्चल बाल अनाथालय खोलेका थिए ।

Himal dental
सम्बन्धित
Loading...