ghar sansar

काँग्रेस भीमदत्त नगर सभापतिमा सुशिल भट्ट

khasi

महेन्द्रनगर । काँग्रेस भीमदत्त नगरको सभापतिमा सुशील भट्ट कुमार भट्ट निर्विरोध भएका छन् । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत बिहीबार सभापतिका अर्का उम्मेदवार पदम बुडाले समर्थन गरेपछि भट्ट सभापति भएका हुन् ।

बुधबार भट्ट र बुडा दुबैले नगर सभापतिमा उम्मेदवारी दिएका थिए । सभापति बाहेक अन्य पदाधिकारी र सदस्य सबै बुधबार निर्विरोध भएका थिए । पदाधिकारी र सदस्य सबैमा एकल उम्मेदवारी परेको थियो ।

नगर सभापतिमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समय तालिका अनुसारको समयभित्र फिर्ता हुने आश गरिएको थियो ।

दुबै जनाको उम्मेदवारी कायम भएपछि साँझदेखि राति अबेरसम्म नेताहरुले दुबै उम्मेदवारसित छुट्टाछुट्टै भेटघाट र छलफल गरेका थिए ।

काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद सहित नेताहरु नेताहरु बहादुर सिह थापा, हरि प्रसाद बोहरा, दिवाकर पाण्डेय, शंकर चन्द, पदमराज अवस्थी लगायतका छलफल गरेका थिए ।

नेताहरुले अध्यक्षका दुबै उम्मेदवारसित उनीहरुको चाहना सोधेका थिए । दुबैले सभापति हुने चाहना राखेपछि बुधबार राति सहमति प्रयास हुन सकेन ।

नेताहरुको छलफलपछि सहमति हुन नसकेपछि बिहीबार नगर सभापतिमा चुनाव हुने आँकलन गर्न थालिएको थियो ।
बिहीबार नेताहरु फेरि अन्तिम पटक सहमतिका लागि बसेपछि सभापतिमा सहमति जुटेको हो । बुडाले भट्टलाई समर्थन गरेपछि निर्वाचन समितिले सार्वजनिक गरेको थियो ।

dirghayi clinic

काँग्रेस भीमदत्त नगर समितिका निवर्तमान कार्य वाहक सभापति भट्ट र भीनपा १७ निवर्तमान वडा सभापति दुबै वडा अध्यक्ष छन् । उनीहरु २०७९ मा स्थानीय तह निर्वाचन लडेर वडा अध्यक्ष भएका हुन् ।

काँग्रेस १४ औं महाधिवेशनबाट भट्ट नगर उप सभापति भएका थिए । नगर सभापति अच्युतराज कलौनीको निधन भएपछि उनी कार्य वाहक भएका छन् । बुढा पनि १४ औं महाधिवेशनबाट वडा सभापति भएका हुन् । उनी त्यस अघि पनि वडा सभापति थिए ।

भट्ट बुडा दुबै काँग्रेस विशेष महाधिवेशन अघि तत्कालिन काँग्रेस संस्थापनका नेता हुन् ।

विशेषपछि उनीहरु दुबै काँग्रेस संस्थापन पुगेका छन् । कञ्चनपुर काँग्रेसका तत्कालिन दुई समूहमा भट्ट रमेश लेखक र बुडा एनपी साउँद समूहका हुन् ।

उनीहरु दुबै जना २०७४ को स्थानीय तह निर्वाचन लडेका थिए । भट्ट भीनपा ४ मा वडा सदस्य निर्वाचित भएका थिए । बुडा भीनपा १७ को वडा अध्यक्षमा पराजित भएका थिए ।

पाँच वर्षपछि २०७९ मा दुबै जना वडा अध्यक्ष जितेर भीमदत्त नगरपालिका आएका हुन् । उनीहरु दुबै जना भीमदत्त नगरपालिकाको कार्यपालिका सदस्य छन् ।

भीमदत्त नगर उप सभापतिमा रमेश भट्ट र धनेश्वरी बोगटी भएका छन् ।

नगर सचिवमा सचिव दिपक बिष्ट आएका छन् । प्रकाश कलौनी नगर सह सचिव भएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरीले अधिवेशन उद्घाटन गरेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...