ghar sansar

सरुवा भएको १९ दिनपछि भीमदत्तका हाकिम बमको विदाई, डोटीको सहायक सिडिओमा पदस्थापन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत महेश कुमार बमको शुक्रबार विदाई गरिएको छ । बम २०८० माघदेखि भीमदत्तको प्रमुख प्रशाकीय अधिकृत थिए । बमको भदौ २२ गते गृह मन्त्रालय अन्र्तगतका कार्यालय सरुवा भएको थियो ।

शुक्रबार भीमदत्त नगरपालिका कार्यालयले प्रमुख प्रशासकीय अधिकृत बमको विदाई गरेको छ ।

भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी सहित जनप्रतिनिधि, कर्मचारी लगायतका बमको विदाईमा सहभागी भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बम निजामती सेवा अनुभवी अधिकारी मानिन्छन् । निजामती सेवामा श्रेणी बिहीनबाट प्रवेश गरी सेवामा आएका उनी उप सचिव बढुवा भएपछि भीमदत्तको प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।

दार्चुलाको ब्यास गाउँपालिकाबाट सरुवा भएर बम भीमदत्त आएका थिए । गृह मन्त्रालयले बमलाई डोटी जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी बनाएको छ ।

dirghayi clinic

बम अघि भीमदत्तमा याम नारायण गौली प्रमुख प्रशासकीय अधिकृत थिए । उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएको थियो ।

प्रमुख प्रशाकीय अधिकृत बमलाई गत गत वर्ष भदौ अघिको जेन जी आन्दोलन अघि सरुवा गराउन लबिङ्ग गरिएको थियो ।

जेन जी आन्दोलन भएपछि बमको सरुवा विषय छाँयामा परेको थियो ।

भीमदत्त नगरपालिकाका ७ का वासिन्दा बम २०४८ मा भीमदत्तबाट सरकारी सेवा सुरु गरी प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।

निजामती सेवामा ३४ वर्ष बढी पुगेपछि बम सहायक प्रमुख जिल्ला अधिकारी भएका छन् । उनी हालसम्म दुई दशक स्थानीय तहमा बसेका छन् ।

९ वर्षसम्म शिक्षा मन्त्रालय बसेका उनी दोधारा चाँदनी, कृष्णपुर र बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।

संघीय संरचना अनुसार २०७४ को स्थानीय तह निर्वाचनपछि बम तत्कालिन जिल्ला विकास समितिबाट बेलौरी नगरपालिका सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत भएका उनी महिना इलाका प्रशासन कार्यालय टिकापुरमा बसेका थिए ।

Himal dental
सम्बन्धित
Loading...