ghar sansar

काँग्रेसको देउवा समूहले कञ्चनपुर २ मा वडा अधिवेशनका लागि नेताहरुलाई दियो जिम्मेवारी

khasi

महेन्द्रनगर । काँगे्रस संस्थापन इतर समूहले १५औँ महाधिवेशनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा वडा अधिवेशन गराउन नेताहरुलाई वडा प्रतिनिधिको जिम्मेवारी दिएको छ । काँग्रेस संस्थापन इतर समूहले असोज १५ गते वडा अधिवेशन गराउन लागेको छ ।

निर्वाचन क्षेत्र नं. २ मा कृष्णपुर नगरपालिकाका ९,शुक्लाफाँटाका १२ र बेदकोट नगरपालिकाका ८ वडा छन् ।

बेदकोट नगरपालिका १ मा पवन नेपाली, २ मा डम्बर राज जोशी, ३ मा लाल बहादुर राना, ४ मा शिरोमणि ओझा, ५ मा भोजराज भट्ट, ६ मा पवन विक्रम सिंह, ७ मा देवकी जोशी, ९ मा अनिता मडै र १० मा भरत रोकायालाई जिम्मेवारी दिएको छ । उनीहरुमध्ये पवन सिह काँग्रेस कञ्चनपुरका कोषाध्यक्ष हुन् ।

dirghayi clinic

शुक्लाफाँटा नगरपालिका १ मा हरेन्द्र भण्डारी, २ मा दुर्गा प्रसाद भट्ट, ३ मा सुजीव, ४ मा विमला सार्की ÷ भुमा चन्द, ५ मा कल्पना पन्त र ६ मा नवराज पन्तलाई वडा अधिवेशन गराउने जिम्मा दिइएको छ ।

यसैगरी शुक्लाफाँटा १० मा सिद्धराज भट्ट र १२ मा चिन्तामणि भट्टले वडा अधिवेशन गराउन वडा प्रतिनिधि भएका छन् । चिन्तामणि भट्ट काँग्रेस सुदूरपश्चिम सह महामन्त्री हुन् ।

कृष्णपुर नगरपालिका १ मा भक्त बहादुर खत्री, २ मा दिल बहादुर देउवा, ३ मा लाल बहादुर थामी, ४ मा द्रोपति राना, ५ मा टेक बहादुर बिष्ट, ६ मा गिता चौधरी, ७ मा टेक पाण्डेय, ८ मा विष्णु खड्का र ९ मा हेमराज ओझालाई जिम्मेवारी दिइएको छ ।

ओझा कृष्णपुर नगरपालिकाका मेयर हुन् । उनी काँग्रेस कञ्चनपुरका सभापति पनि हुन् ।

शुक्लाफाँटा नगरपालिका ७ मा उत्तम राज भट्ट, रमेश बहादुर ऐर, ज्ञानेन्द्र बहादुर सिंह र दान सिंह ऐरलाई महाधिवेशन तयारीका लागि जिम्मेवारी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...