ghar sansar

प्रधानमन्त्रीले न्यूयोर्कमा बोल्न अघि निड्समा सार्कका विद्यार्थीको छलफल

khasi

महेन्द्रनगर । सार्क स्कुल फाउन्डेसनकी राधे खड्का बिहीबार बिहान भाँसीस्थित गैर सरकारी संस्था निड्स नेपालको कार्यालय पुगिन् । उनी विद्यालयका अन्य बिद्यार्थी र शिक्षकसंगै निड्स कार्यालय गएकी थिइन् ।

सार्क स्कुलले बिहीबार संयुक्त राष्ट्र महासङ्गको ८१ औ महासभालाई मध्यनजर गरी निडससित सहकार्यमा शैक्षिक संवादमा खडका सहित विद्यार्थी सहभागी भएका हुन् ।

राष्ट्र संघ महासभा सहभागी प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका तर्फबाट प्रस्तुत गर्न पर्ने सवाल र रणनीति सम्वन्धि कार्यक्रममा छलफल गरिएको छ ।

विद्यार्थी खड्काले सबै भन्दा पहिलो प्रस्तुति राखिन । उनले भोटेकोशी बाढी, त्यसबाट उत्पन्न समस्या र बिपदबाट बच्ने उपायबारे आफ्नो भनाई राखिन ।

dirghayi clinic

जल बायु परिवर्तनको असरले हिम शृङ्खला बिपदका रुपमा देखिन थालेको भन्दै उनले भोटेकोसीको बाढी मात्रै नभएर अन्यत्र पनि जोखिम भएको बताईन् ।

खड्का सहित विद्यार्थीले जलवायु परिवर्तन, प्राकृतिक बिपद लगायतका बिभिन्न बिषयमा प्रस्तुति राखे ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा प्रमुख अतिथि भएको कार्यक्रममा सुदूरपश्चिम बिश्व विद्यालयका उप प्राध्यापक महेश अवस्थी बिज्ञका रुपमा सहभागी थिए ।

सार्कका प्लस टु संयोजक राजेश भण्डारीले कार्यक्रम संचालन गरे । कार्यक्रमको अध्यक्षता निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले गरेका थिए ।

सार्क एजुकेसनका कार्यकारी निर्दशक लक्ष्मण बस्नेत लगायत शिक्षक कार्यक्रममा सहभागी भए । काठमाडौबाट आदित्य गौतम संवादमा सहभागी भए ।

प्रधानमन्त्री शाहले सम्बोधन गर्न अघि कार्यक्रम गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...