

महेन्द्रनगर । २०१७ का तत्कालिन राजा महेन्द्रले बहुदलीय व्यवस्था भङ्ग गरी निर्दलीय पन्चायती शासन सुरु गरेपछि राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको थियो ।
दलहरूले प्रतिबन्ध लागेपछि भूमिगत रुपमा आफ्ना कार्यक्रम जारी राखेका थिए । काँग्रेस पूर्व सभापति शेर बहादुर देउवा भूमिगत रुपमा पार्टी कार्यक्रमका लागि कञ्चनपुर आउँथे ।
देउवा आउँदा डम्बर ठकुराठी र गणेश पन्त सधै देउवा सित देखेपछि लोक बहादुर ठकुराठीले चासो देखाएर बुझ्न थाले ।
उनी त्यति बेला कक्षा ८ मा पढ्थे । पछि उनी देउवा आउँदा सहभागी हुँदाहुदै काँग्रेस राजनीति नजिक हुन थाले । डम्बर लोग बहादुरका दाई हुन् ।
‘प्रतिबन्धित समय थियो, शेर बहादुर देउवा आई राख्न हुन्थ्यो, दाई त गणेश पन्त वहाँसित हुन्थे, पछि म काँग्रेसमा लागे’ आइतबार काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशन उदघाटनपछि ठकुराठीले भने ।
काँग्रेस १५ औ महाधिवेशनमा ठकुराठी महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । निर्माण व्यवसाय क्षेत्रका प्रतिष्ठत व्यवसायी उनी भीमदत्त १८ बाट निर्विरोध क्षेत्रीय प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भएका छन् ।
बदलियो काँग्रेस, बदल्छौ देश भन्ने काँग्रेस नारालाई सार्थक बनाउन काँग्रेस बलियो नेतृत्वका लागि ठकुराठी चुनावी मैदानमा आएका छन् ।
महाधिवेशन प्रतिनिधि भएर भोट हाल्ने मात्रै नभएर उनी केन्द्रमा प्रतिनिधित्व खोज्ने गरी उम्मेदवार भएका छ्न । काँग्रेसमा जनताका हरेक सुख दुखमा साथ दिने महाधिवेशनबाट आउने ठकुराठी बताउँछन् ।

काँग्रेस महाधिवेशनबाट आउने नेतृत्वले जन भावना अनुसार काम गर्न सके आगामी पाच वर्षमा सरकारको नेतृत्वमा पुग्ने विश्वास ठकुराठी गर्छन् ।
ठकुराठी आठौ महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिका लागि अघि बढेका हुन । उनले कालिका मन्दिरमा भएको आठौ महाधिवेसनमा पहिलो पटक महाधिवेशन प्रतिनिधि हुने प्रयास गरेका थिए ।
पूर्व मन्त्री तारणी चटौत, बलदेब बोहरा, जित सिंह भण्डारी लगायतका नेता महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।

अघिल्लो १४ औ महाधिवेशनमा उनी थोरै मतले महाधिवेशन प्रतिनिधिमा रोकिएका थिए । १२ औ सहभागी उम्मेदवार भएका उनी १३ औ मा सहभागी भएन ।
काँग्रेसको १२ औ महाधिवेशनबाट बहादुर सिंह थापा जिल्ला सभापति भएका थिए । थापासित गोपाल भण्डारी र गोपाल गुरुङ्ग चुनाव लडेका थिए ।
६५ बर्षका ठकुराठी एक पटक महाधिवेशन प्रतिनिधि भएर काङ्ग्रेस बलियो बनाउने युवा नेतृत्व छान्ने चाहना लिएर अहिले फेरि चुनावी मैदानमा आएका हुन् ।
ठकुराठीले महेन्द्रनगर माध्यमिक बिधालय साधारण स्कुलमा माध्यमिक तहको शिक्षा अध्ययन गरेका थिए । सधारण स्कुल बैजनाथ माबिमा संचालन हुदा उनी बिद्यालय भर्ना भएका थिए ।
साधारणबाट एसएलसी पास गरेपछि उनले सिद्धनाथ बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए ।
दाई काँग्रेस राजनीतिमा भएकाले ठकुराठी साधारण स्कुल पढ्दा काङ्ग्रेसको नेपाल विद्यार्थी संघमा आवद्व भएका थिए ।
ठकुराठीका बुवा ठेक्कापट्टा गर्थे । डडेल्धुरा पुख्र्यौली ठकुराठी परिवारले पन्चायती कालमा नागार्जुन निर्माण सेवा फर्मबाट ठेक्कापट्टा व्यवसाय थालेका थिए ।
ठकुराठीले बुवाको व्यवसायमा संलग्न हुँदै २०४४ मा निरज कन्स्ट्रक्सन खोलेका थिए । अहिले निरज कन्स्ट्रक्सन उनका छोरा निरजले हेर्दै आएका छन् ।
छोरा निरजले इन्जिनियरिङ्ग गरेपछि निर्माण व्यवसायमा लागेका हुन । अहिले ठकुराठी व्यवसाय बाहिर रहेर राजनीति र समाज सेवाका काममा सक्रिय छन् ।
निर्माण व्यवसायी संघ कंचनपुरका संस्थापक सदस्य उनी दुई पटक अध्यक्ष भएका थिए । सदस्य पछि एक कार्यकाल संघको कोषाध्यक्ष भएका थिए ।
२०४६ मा स्थापना गरिएको संघमा हाल उनी सल्लाहकार छन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्गको अध्यक्ष र नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय सदस्य भएका उनी अहिले प्रदेश सल्लाहकार पनि छन् ।
काँग्रेसमा बाल्यकालदेखि आस्था राख्दै आएका उनी बाकी जीवन राजनीतिमा सक्रिय भएर सेवा गर्ने चाहना भएको उनी बताउँछन् ।
‘यस पटक मलाई महाधिवेशन प्रतिनिधि हुने मिल्नेमा बिश्वत छु’ उनले भने, ‘काँग्रेस बलियो बनाउन सधै लागि रहन्छु ।’
