ghar sansar

आइएस्सी गरी डाक्टर हुन चाहन्थे कृष्ण कुँबर, शिक्षक हुँदै नासु भएर राजनीतिमा पुगे, काँग्रेस महाधिवेशन प्रतिनिधिका लागि छन् मैदानमा

khasi

महेन्द्रनगर । बर्माबाट घर परिवार नेपाल आउदा कृष्ण कुँबर क्षेत्री ६ बर्षका थिए । २०१५ मा बर्मामा कुँबर जन्मिएका थिए । बर्माबाट आएपछि कुँबर परिवार पुख्र्यौली थलो बैतडीको हाट गएको थियो । केही समय हाट बसेर उनीहरू तराई झरेका थिए ।

भीमदत्त ६ का कुँवरले भृकुटी माध्यमिक विद्यालयमा अध्ययन गरे । त्यसपछि बैजनाथबाट एसएलसी गरेपछि २९३४ मा उनी जीव बिज्ञान अध्ययनका लागि सिद्धनाथ बिज्ञान क्याम्पसमा आइएस्से भर्ना भए । भृकुटीमा ५ कक्षासम्म मात्रै पढाई हुने गरेको थियो ।

बिज्ञान क्याम्पस २०३४ देखि संचालन भएको थियो । कुवर डाक्टर बन्न आइएस्सी भर्ना भर्ना भएका थिए ।

त्यति बेला आइएस्सी पढेकालाई चिकित्सा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले कुवर जीव बिज्ञान रोजेका थिए ।

कुँबरले सुगम जिल्लाका भएकाले छात्रवृत्ति पाउन सकेन । विज्ञान क्याम्पसबाट आइएस्सी गरी उनी बिषय फेरेर अर्थशास्त्र पढेका थिए ।

कुँबरले आइएस्सी गरेपछि अस्थायी शिक्षक भएका थिए । घटाल माबिमा उनले शिक्षण गरे । आइएस्सी र अर्थशास्त्रमा बीए उनले घटालमा बिज्ञान र अर्थशास्त्र दुबै बिषय अध्यापन गरेका थिए ।

घटाल माबिमा ९ र १० मा उनी अर्थशास्त्र पढाउथे । निमवि तहमा भने उनी बिज्ञान बिषय पढाउँथे ।

४० को दशकमा उनी शिक्षण छाडेर महाकाली सिचाइ आयोजनामा कर्मचारी भए । सिचाईका नायव सुब्बा २०४९ मा जागिरे जीवनबाट बिदा भएका थिए । जागिरे जीवनदेखि कुवर काँग्रेस राजनीति नजिक हुन पुगेका थिए ।

dirghayi clinic

पञ्चायती शासन व्यवस्थामा दलहरू प्रतिबन्धित भएकाले भूमिगत रुपमा राजनीतिक गतिविधि हुने गर्थे । सरकारी कर्मचारी भएकाले कुँवरले बाहिर अरुलाई थाह नहुने गरी नजिक भएका थिए ।

पञ्चायती शासन विरुद्ध २०४२ मा भएको सत्याग्रहबाट उनी राजनीतिसित जोडिएका थिए ।

पञ्चायती शासन बिरुद्ध २०३६ विद्यार्थी आन्दोलन अघि २०३३ मा बिपी कोइराला मेलमिलाप नीति लिएर स्वदेश फर्केका थिए ।

विद्यार्थी आन्दोलन भएपछि तत्कालिन राजा बिरेन्द्रले २०३६ मा बहुदल वा सुधारिएको पञ्चायतका लागि जनमत सङ्ग्रह गराएका थिए ।

जनमत संग्रहमा बहुदलको हार भएपछि काँग्रेसले २०४२ मा सत्याग्रह सुरु गरेको थियो ।

जागिरमा भएका कुँवर सत्याग्रह अप्रत्यक्ष सहभागी भएर रिटायर भएपछि काँग्रेस राजनीतिमा सक्रिय भएका हुन् ।

काँग्रेस कञ्चनपुरको पूर्व कोषाध्यक्ष कुवर १५ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि उम्मेदवार छन् । काँग्रेसलाई बलियो र जनताको पार्टी बनाउन महाधिवेशन प्रतिनिधि उम्मेदवार भएको उनी बताउँछन् ।

भीमदत्त ६ बाट क्षेत्रीय प्रतिनिधि भएका उनी काँग्रेसभित्र इमान्दार, स्वच्छ छवि र मिलनसार स्वभाव भएका नेता मानिन्छन् । कुँबर  बिस्तारै र थोरै बोल्ने नेता हुन् ।

उनी पार्टीका भाषण र अन्य कार्यक्रममा पनि थोरै बोल्ने गर्छन् । कुँबर सरल र समान्य जीवनशैलीका नेता मानिन्छन् । 

काँग्रेस उनी मास्टर साप नामले परिचित छ्न । आर्थिक मामिलामा स्पष्ट भएकाले काङ्ग्रेसले उनलाई तीन पटक जिल्ला कोषाध्यक्ष बनाएको थियो ।

अहिले नेता कार्यकर्ता सबैबाट महाधिवेशन प्रतिनिधिमा साथ सहयोग पाउनेमा कँवर विश्वस्त छन् ।

Himal dental
सम्बन्धित
Loading...