ghar sansar

काँग्रेस महाधिवेशन प्रतिनिधि हुन चाहन्छन् कृष्णराज

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० का कृष्णराज भट्ट असोज ७ गते वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि उम्मेदवार भएका थिए । काँग्रेस १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उनी वडामा क्षेत्रीय प्रतिनिधि भएका थिए ।

काँग्रेसमा महाधिवेशन प्रतिनिधिका लागि क्षेत्रीय प्रतिनिधिले उपल्ला संरचनाका अधिवेशनमा भाग लिन र उम्मेदवार हुन पाउने गर्छन् ।

विद्यार्थीबाट काँग्रेस आवद्ध भएका उनी विशेष महाधिवेशनपछि काँग्रेस फेरिएको भन्दै महाधिवेशन प्रतिनिधिका लागि सुरुदेखि सोच बनाई सकेका थिए ।

वडापछि भएको नगर अधिवेशनमा सक्रिय सहभागी भएका उनी आइतबादेखि काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् ।

उनीसंगै ५८ जना महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । कञ्चनपुर ३ बाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन भएर १५ औं महाधिवेशनमा सहभागी हुन पाउने छन् ।

‘सानैदेखि काँग्रेसमा छु, यस पटक महाधिवेशन प्रतिनिधि भएर काँग्रेसलाई बलियो र सबैको आश भरोसाको बनाउन चाहन्छु’ उनले भने ।

dirghayi clinic

भट्ट २०५२ मा काँग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिमा आएका हुन् । उनी स्कुल ईकाई समितिमा आवद्ध भएर राजनीतिमा अघि बढेका थिए ।

भट्टले नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्व गरि सकेका छन् । २०७५ मा उनी संघको सभापति भएका थिए ।

अहिले १५ औं महाधिवेशनमा उनी खुलाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार भएका छन् ।

काँग्रेसको क्रियाशिल सदस्यता अद्यावधिकमा सहयोगी भूमिका निर्वाह गरेका भट्ट सबैले आफूलाई साथ सहयोग दिने विश्वास व्यक्त गर्छन् ।

राजनीति बाहेक सामाजिक संघ संस्थामा पनि उनी आवद्ध छन् । सुदूरपश्चिम सिँचाई महासंघका महासचिव उनी भीमदत्त नगरपालिका १० स्थित खानेपानी संस्थामा अध्यक्ष छन् ।

भीमदत्त नगरपालिका १० तिल्केनीस्थित दानेश्वरी हरि बहुमुखी क्याम्पसका अध्यक्ष छन् ।

महाधिवेशन प्रतिनिधिमा सबैको साथ र सहयोगका लागि उनले सामाजिक सञ्जालबाट आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...