ghar sansar

१४ औं महाधिवेशनको हार जितमा बदलिने आशा सहित चुनावी मैदानमा होमिएका छन् काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापतिका उम्मेदवार गणेश नेगी

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ क्षेत्रीय सभापतिका लागि गणेश नेगीले १४ औ महाधिवेशनमा प्रयास गरेका थिए । पहिलो प्रयासमा उनी सफल हुन सकेन । त्यति बेला उनी केशव चन्दसित क्षेत्रीय सभापतिमा पराजित भए ।

१३ महाधिवेशनमा क्षेत्रीय सचिब निर्वाचित भएपछि १४ औ उनी नेतृत्वका लागि चुनावी मैदानमा आएका थिए ।

अहिले १५ औ महाधिवेशनमा उनी फेरि क्षेत्रीय समितिको नेतृत्व लिन चुनावी मैदानमा आएका छन् ।

dirghayi clinic

कञचनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा महाधिवेशन जारी छ । आइतबार उद्घाटन पछि उम्मेदवारी दर्ता भएको हो ।

अध्यक्षमा नेगी सहित पदम राज अवस्थी र कमल राज चटौत उम्मेदवार छन् । उनीहरू सबै कञ्चनपुर ३ क का हुन् ।
सभापतिका उम्मेदवार नेगीले पार्टी संगठ सुदृढ बनाउन र यो क्षेत्रको समग्र विकासका लागि आफूले भूमिका निर्वाह गर्ने प्रतिवद्वता सार्वजनिक गरेका छ्न ।

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापतिका लागि पदम राज अवस्थी चुनावी मैदानमा होमिएका छन् ।

काँग्रेस १५ औ महाधिवेशनमा उनी सभापति बनेर नेतृत्व गर्ने चाहना बोकेर उम्मेदवार भएका छन् ।

‘पार्टीमै छु, पार्टीकै लागि लागेको छु, अघिल्लो अधिवेशनमा थोरै मतले हुन सकेन, यस पटक सहयोग पाउनेमा आशावादी छु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...