

महेन्द्रनगर । तपाई बेदकोट नगरपालिका ७ गाउजीस्थित जनता माबि पुग्न भएको छ । यदि पुग्न भएको छ भने केही त फरक अनुभूति पक्कै गर्नु भयो होला नि । अब पुग्न हुनेछ भने पनि त्यस्तै अनुभूति गर्न हुनेछ ।
विद्यालय प्रवेशद्वारमा खडा निजी विद्यालयले तपाईलाई सुरुमै सोच्न बाध्य बनाई हाल्छ । मनभित्र अनेकन तर्कना बोकेर नै तपाई विद्यालयभित्र पुग्न हुनेछ ।
समान्यता सरकारी विद्यालय भनेर तपाईको सोच अरुजस्तै हुन्छ होला । तर जनता माविमा त्यो तपाई पाउन सक्नु हुन्न ।
निजी विद्यालयसित जोडिएको यो सरकारी विद्यालयले आफूलाई अरु भन्दा केही फरक बनाएको छ । अझै फरक बनाउन खोज्दैछ ।
त्यसैले तपाई आफूलाई एक छिन कन्फ्यूज मानेर आफैंले आफैंलाई पनि सोच्न सक्नु हुनेछ । विद्यार्थीका पोशाक देखेर तपाईको मन निजी विद्यालययको चमकधमक सम्झाउनेछ ।
जनता माबि पनि अहिले प्रवेशद्वारको निजी बिद्यालय सहर आफूलाई अघि बढाउन चाहन्छ । विद्यार्थी पोशाक मात्रै होइन, पठनपाठन सुधार, पढाउने भाषाका माध्यमक परिवर्तन र विद्यालय अनुशासन, अतिरिक्त क्रियाकलाप सबैमा जनता मावि हुने गरी अघि बढेको छ ।

विद्यालयलाई तीन वर्षदेखि प्रधानाध्यापक लोग बहादुर कुँबरले प्रधानाध्यापक भएर नेतृत्व गरेका छन् । प्रधानाध्यापक कुँबर सामुदायिक विद्यालय पनि अब्बल छन् भन्ने सन्देश फैलाउन मिहिनेत गरी लागेका छन् ।
विद्यालय व्यवस्थापन समितिले विद्यालय सुधारमा पूर्ण साथ दिएको उनी बताउँछन् । विद्यालय व्यवस्थापन समितिमा हरिश दयाल अध्यक्ष छन् ।
बाल बिकासदेखि १० कक्षा सम्म पढाई हुने जनता माविले स्थापनापछि पहिलो पटक नेपालीसंगै अंग्रेजी माध्यममा पनि पढाउन थालेको छ ।

अहिले युकेजी कक्षा सञ्चालन गरी अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गरिएको छ । बाल बिकास केन्द्र (इसिडेर) लाई एलकेजी बनाइएको छ । भविष्यमा अंग्रेजी माध्यमका कक्षा थप गर्दै जाने लक्ष्य बिद्यालयको छ ।
बिद्यालयका प्रधानाध्यापक लोग बहादुर कुवर अभिभावकको माग र समय सापेक्ष अंग्रेजी भाषामा पठनपाठन आवश्यक भएको बताउँछन् ।
‘यो अहिलेको माग नै छ, विद्यार्थी र अभिभावक दुबैको मन जित्न पनि अंग्रेजी नै आवश्यक छ’ उनले भने, ‘ अंग्रेजी माध्यमले विद्यार्थी पनि बढाउन सहयोग गर्छ ।’
२०४५ मा स्थापना भएको यो बिद्यालयमा पहिलो पटक अंग्रेजी माध्यममा पठनपाठन भएको हो ।
विद्यार्थी भर्ना अभियानमा अभिभावकबाट अंग्रेजी माध्यम पठनपाठनको माग भएको थियो । अभिभावकको चाहना अनुसार अहिले पठनपाठन सुरु गरिएको हो ।
चालु शैक्षिक सत्रमा विद्यार्थी बढेका छ्न । अहिले बिद्यालय नगरपालिकाभित्र परिचित शैक्षिक संस्था बनेको छ ।
कक्षा ८ को नगर स्तरीय परिक्षामा बिद्यालयले राम्रो नतिजा हासिल गरेको छ । परिक्षा नतिजाले जनता नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउने बिद्यालयमा परेको छ ।
कक्षा १० को नतिजा सुधार पहिलो प्राथमिकता भएको प्रधानाध्यापक कुवर बताउँछन् ।
तीन महिना बिद्यालयमा थप कक्षा सञ्चालन गरी एसईई तयारी गरिएको थियो ।
अमर सामुदायिक वन र गणेश सामुदायिक वनले विद्यालयलाई शैक्षिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।
बेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज भट्टले जनता मावि शैक्षिक नतिजा लगायत अनुशासन, अतिरिक्त क्रियाकलापमा सुधार गरी अघि बढेको बताए ।
