

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर २ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रको क्षेत्रीय निर्वाचनमा मत गणना सुरु भएको छ ।
झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसस्थित निर्वाचन स्थलमा मत गणना सुरु गरिएको छ ।

महाधिवेशन प्रतिनिधि र प्रदेश क क्षेत्रीय समितिको मत गणना थालिएको छ । प्रदेश क मा पनि गणना गर्ने तयारी छ ।
कञ्चनपुर २ मा ६ सय १५ मत खसेको छ ।
कञ्चनपुर २ मा सबैभन्दा धेरै ६१ जना महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् ।
यसैगरी क्षेत्रीय समिति, प्रदेश सभाका दुबै समितिको नेतृत्वका लागि दुई दुई जना उम्मेदवार छन् ।
