ghar sansar

कञ्चनपुर काँग्रेसका कार्य वाहक सभापतिको क्षेत्रमा सर्वसम्मत चुनिए महाधिवेशन प्रतिनिधि

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत क्षेत्रीय अधिवेशनमा सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गरिएका छन् ।

असोज ११ गते आइतबारदेखि सुरु भएको क्षेत्रीय सम्मेलनले दुई दिन लगाएर महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको हो ।

dirghayi clinic

निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ बाट सांसद, किसान, युवा नेतादेखि जनप्रतिनिधिसम्म महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

संविधानसभा सदस्यसमेत रहेका प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, सुरेन्द्र सिंह, दीर्घबहादुर सिंह (ठकुरी), पूर्वशिक्षक लालबहादुर रावत, किसान नेतृ भगीरथ विष्ट, चेतनकुमार राई, हरिन्द्रसिंह विष्ट, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, उपाध्यक्ष शान्तिनाथ, विद्यार्थी नेता दमनराज उपाध्याय, निवर्तमान क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलडाँडीका पूर्वसभापति हर्कदेव जोशी, सीताराम खड्का, यमप्रसाद पौडेल, दिनेश शर्मा लगायत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

त्यस्तै, महिला नेतृतर्फ खिना भण्डारी, मीनादेवी चन्द, अनिता तामाङ, राधा विष्ट, देवी पौडेल (लोहनी), तारा खड्का, मनोज भट्ट, मानबहादुर रोकाया, रघुवीर सिंह भण्डारी, विश्राम राना, धर्मसिंह बडायत, सगुन राना, सौजन्या राना, दाउत तामाङ, दीपबहादुर लामा, रमेश चुनारा, रामबहादुर खड्का, छेमानन्द राना, लालबहादुर रावत र धर्मराज जोशी रहेका छन् ।

नेपाली कांग्रेस कञ्चनपुर– १ का सभापति गोपीप्रसाद उपाध्यायले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिदेखि प्रादेशिक र संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय नेतृत्व तथा पदाधिकारीसम्म सबै सहमतीय आधारमा टुंगो लगाइएको बताए ।

Himal dental
सम्बन्धित
Loading...