ghar sansar

काँग्रेस कञ्चनपुर ३ को सभापतिमा अवस्थी निर्वाचित, प्रदेश सभापतिमा पाण्डेय र बस्नेत

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय सभापतिमा पदम राज अवस्थी निर्वाचित भएका छन् । काँग्रेस १५ औ महाधिवेशनमा मंगलबार प्रतिद्वन्द्वी गणेश नेगीलाई पराजित गरी सभापति निर्वाचित भएका छन् ।

अवस्थीले ८२ मतले चुनाव जितेका छ्न । अवस्थीले ३ सय ७ र नेगीले २ सय २५ मत ल्याएका छन् । सभापतिका अर्का उम्मेदवार कमल चटौतले ५९ मत ल्याएका छन् ।

 

dirghayi clinic

काँग्रेस कञ्चनपुर ३ को निर्वाचन समितिका अनुसार क्षेत्रीय सचिवमा महादेब भट्ट २ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् ।

सचिवका प्रतिस्पर्धी गिरिजामणी शर्माले २ सय ४३ मत ल्याएका छन् । कंचनपुर ३ मा ६ सय २५ मत खसेको थियो ।
यसैगरी प्रदेश क मा अशोक पाण्डेय र ख मा सन्दिप बस्नेत निर्वाचित भएका छन् ।

प्रदेश क मा पाण्डेयले पदम बुडालाई पराजित गरेका छन् । क मा पाण्डेय र बुडाबीच प्रतिस्पर्धा भएको थियो ।

प्रदेश ख मा बस्नेत, राजेन्द्र केसी र पुरुषोत्तम अर्याल उम्मेदवार थिए ।

Himal dental
सम्बन्धित
Loading...