ghar sansar

काँग्रेस कञ्चनपुर ३ मा ४ सय मत गन्दा बहादुर सिंह थापालाई सबैभन्दा बढी मत, २ सय ८३ मत ल्याएर अहिलेसम्म अग्र स्थानमा

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को महाधिवेशन प्रतिनिधिमा चार सय मत गणना हुँदा सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर सिह थापाले सबैभन्दा बढी मत पाएका छन् ।

काँग्रेस कञ्चनपुरका सभापतिले चार सय मतमा २ सय ८३ मत पाएका छन् ।

dirghayi clinic

थापा खुलाबाट महाधिवेनश प्रतिनिधिका उम्मेदवार छन् । कञ्चनपुर उद्योग बाणिज्य संघमा मत गणना जारी छ । कञ्चनपुर ३ का ३३ जना महाधिवेशन प्रतिनिधिमा खुलाबाट १० जना निर्वाचित हुने छन् ।

थापा सहित २० जना उम्मेदवार छन् । मंगलबार भएको क्षेत्रीय अधिवेशनमा ६ सय २५ मत खसेको थियो ।

Himal dental
सम्बन्धित
Loading...