ghar sansar

चुँडियो झोलुङ्गे

khasi

महेन्द्रनगर । दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडिएको छ ।
दोधारा चाँदनी क्षेत्रतिर पुलको पिल्लर धसिएपछि पुल चुँडिएर नदीमा खसेको छ । बुधबार विहान पुल चुडिएको अवस्थामा देखिएको हो ।
अढाई दशक अघि यो पुल निर्माण गरिएको थियो । भीमदत्त नगरपालिका १३, पिपरैया र दोधारा चाँदनी– ४ लठ्ठाघाट बजार पुललाई पुलले जोडिएको थियो ।
पुल चुँडिएको स्थानीयले बताएका छन् । स्थानीय सन्तुराम लुहारले पुल चुँडिएको बताए ।

मर्मत सम्भार नगर्दा पुल चुँडिएको हुन सक्ने उनको भनाई छ । ‘२५ वर्षअघि निर्माण भएको पुल निरन्तर मर्मतसम्भार गर्नुपर्नेमा नभएकाले चुँडिएको हुन सक्छ ।’

dirghayi clinic

अढाई दशकअघि निर्माण भएको उक्त पुल बिचभागबाट अनौठो तरिकाले चुँडिएपछि आउजाउ बन्द भएको छ । ०५८ सालमा निर्माण भएको एक हजार मिटरभन्दा लामो उक्त झोलुंगे पुल एसियाकै दोस्रो लामो पुलको रूपमा परिचित छ ।

महाकाली नदीपारिको नेपाल भनेर चिनिने दोधारा चाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पुल निर्माण गरिएको थियो । त्यस अघि दोधारा चाँदनीका वासिन्दाले भारतीय भूमि भएर सदरमुकाम आउनु पर्ने बाध्यता थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चुँडिएको पुल छिट्टै मर्मत गरिने बताए । उनले चुँडिएको पुलका फोटो, भिडियो आफूले झोलुंगे पुल मर्मत शाखालाई पठाएको र आज वा भोलिसम्म प्राविधिक आएर मर्मत गरिने बताए ।

नदीको बिचभागबाट पुल चुँडिएपछि आवतजावत बन्द भएको छ । महाकाली नदीमा चार लेन पुल बनेपछि झोलुङ्ग पुलमा चाप घटेको थियो ।

Himal dental
सम्बन्धित
Loading...