ghar sansar

झोलुङ्गे पुल चुँडिएपछि निरीक्षणका लागि आउँदैछन् सुदूरपश्चिमका मुख्यमन्त्री सहित मन्त्रीहरु

khasi

महेन्द्रनगर । महाकाली नदीको झोल्ङ्गे पुल चुँडिएपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री खगराज भट्ट सहित मन्त्रीहरु आउन लागेका छन् । अढाई दशक अघि बनेको पुलको पिल्लर धसिएपछि पुल चुँडिएको छ ।

मुख्यमन्त्री भट्ट सहित आर्थिक मामिला मन्त्री चक्र मल्ल, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री प्रकाश रावल, र्भाैतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाट, लगयतका मन्त्री निरीक्षणका लागि आउन लागेका छनु् । उनीहरुसंगै नीति तथा योजना आयोगका सदस्य गोकर्ण भट्ट प्रकाश भट्ट पनि आउन लागेका छन् ।

नेकपाका युवा नेता बिरेन्द्रराज विष्टले मुख्यमन्त्री सहितको टीम आउन लागेको जानकारी दिए ।

प्रेस सेन्टरका नेता राजेन्द्र अवस्थीका अनुुसार मुख्यमन्त्री सहितको टोली धनगढीमा महेन्द्रनगरका लागि प्रस्थान गरि सकेको छ ।

दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडिएको छ ।

दोधारा चाँदनी क्षेत्रतिर पुलको पिल्लर धसिएपछि पुल चुँडिएर नदीमा खसेको छ । बुधबार विहान पुल चुडिएको अवस्थामा देखिएको हो ।

dirghayi clinic

अढाई दशक अघि यो पुल निर्माण गरिएको थियो । भीमदत्त नगरपालिका १३, पिपरैया र दोधारा चाँदनी– ४ लठ्ठाघाट बजार पुललाई पुलले जोडिएको थियो ।

पुल चुँडिएको स्थानीयले बताएका छन् । स्थानीय सन्तुराम लुहारले पुल चुँडिएको बताए ।

मर्मत सम्भार नगर्दा पुल चुँडिएको हुन सक्ने उनको भनाई छ । ‘२५ वर्षअघि निर्माण भएको पुल निरन्तर मर्मतसम्भार गर्नुपर्नेमा नभएकाले चुँडिएको हुन सक्छ ।’

अढाई दशकअघि निर्माण भएको उक्त पुल बिचभागबाट अनौठो तरिकाले चुँडिएपछि आउजाउ बन्द भएको छ । ०५८ सालमा निर्माण भएको एक हजार मिटरभन्दा लामो उक्त झोलुंगे पुल एसियाकै दोस्रो लामो पुलको रूपमा परिचित छ ।

महाकाली नदीपारिको नेपाल भनेर चिनिने दोधारा चाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पुल निर्माण गरिएको थियो । त्यस अघि दोधारा चाँदनीका वासिन्दाले भारतीय भूमि भएर सदरमुकाम आउनु पर्ने बाध्यता थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चुँडिएको पुल छिट्टै मर्मत गरिने बताए । उनले चुँडिएको पुलका फोटो, भिडियो आफूले झोलुंगे पुल मर्मत शाखालाई पठाएको र आज वा भोलिसम्म प्राविधिक आएर मर्मत गरिने बताए ।

नदीको बिचभागबाट पुल चुँडिएपछि आवतजावत बन्द भएको छ । महाकाली नदीमा चार लेन पुल बनेपछि झोलुङ्ग पुलमा चाप घटेको थियो ।

Himal dental
सम्बन्धित
Loading...