ghar sansar

काँग्रेस कञ्चनपुर ३ मा केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरीका दाई महाधिवेशन प्रतिनिधिमा पराजित

khasi

महेन्द्रनगर । काँग्रेस महाधिवेशन प्रतिनिधिको समानुपातिक खस आर्यमा माधव साउँद सबैभन्दा कम ल्याएर पराजित भएका छन् । काँग्रेस कञ्चनपुर ३ को खस आर्य क्लस्टरमा साउँद सहित १० जना चुनावी मैदानमा थिए ।

dirghayi clinic

साँउदले सबैभन्दा कम ९४ मत पाएका छन् । उनी भीमदत्त नगरपालिका १० बाट क्षेत्रीय प्रतिनिधि भएका थिए ।

साउँद काँग्रेस केन्द्रीय सन्तोसी साउँद ऐरीका दाई हुन् । केन्द्रीय सदस्य ऐरी भने खस आर्यको महिला क्लस्टरबाट निर्विरोध भएकी छन् । खस आर्य ४ जनाका लागि निर्वाचन भएको थियो ।

खस आर्यमा कृष्ण प्रसाद पाठक, दिल बहादुर सिंह, यज्ञराज चटौत र शंकर बहादुर चन्द निर्वाचित भएका छन् । उनीहरुमा कृष्णप्रसाद पाठकले सबैभन्दा बढी ३ सय ३९ मत ल्याएका छन् ।

Himal dental
सम्बन्धित
Loading...