ghar sansar

मतदान स्थल बाहिर मत नमागेर शान्त बसि रहेका थापाले कसरी पाए सबैभन्दा बढी मत

khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर सिह थापा सबैभन्दा बढी मत ल्याएर खुलामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशनमा थापाले सबैभन्दा बढी ४ सय २० मत ल्याएर महाधिवेशन प्रतिनिधि भएका छन् ।

काँग्रेस कञ्चनपुरका पूर्व सभापति थापा १४ औं महाधिवेशनमा जिल्ला सभापति पदम बोगटीसित पराजित भएका थिए ।

२०७० मा संविधान सभा सदस्य निर्वाचन जितेका उनी अहिले कञ्चनपुर २ ख बाट प्रदेश सभा सदस्य छन् । उनी सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री हुन् ।

काँग्रेस क्षेत्रीय अधिवेशन उद्घाटन समारोहमा उनले काँग्रेस एकतामा जोड दिएका थिए ।

थापा १४ औं महाधिवेशनबाट निर्वाचित शेर बहादुर देउवा नेतृत्वको काँग्रेस निकटका हुन् । विशेष महाधिवेशनपछि उनी गगन नेतृत्वको संस्थापन पुगेका छन् ।

dirghayi clinic

मंगलबार अधिवेशनको मतदानमा उनी निर्वाचन स्थल बाहिर शान्त भएर बसेका थिए ।

उनले मिडियासित कुरा गर्न मानेन । मतदातासित मत समेत नमागेर बसेकाले उनी तनावमा भएको कुरा हुन थालेका थिए ।

मत गणनामा भने सुरुदेखि अग्रता लिएर सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

२०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनले २०४६ मा क्रियाशिल सदस्यता लिएका थिए ।

२०४७ देखि २०५७ साल सम्म दुई कार्यकाल क्षेत्रीय सभापति, त्यसपछि २०७२ तीन कार्यकाल जिल्ला पार्टी सभापति भएका उनी १४ औंमा सभापतिमा पराजित भएका थिए ।

२०६४ मा संविधान सभा सदस्य उमेदवार भएका पराजित उनले २०७० जित फर्काएका थिए ।

२०७९ मा काँग्रेस महासमिति सदस्य उनले अर्थ मन्त्री भएपछि विवाह गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...