ghar sansar

कञ्चनपुरका सबै वडामा आज हुँदैछ काँग्रेस संस्थापन इतर समूहको वडा अधिवेशन

khasi

महेन्द्रनगर । काँग्रेस सस्थापन इतर समूहले १६ औं महाधिवेशन अन्र्तगत आज कञ्चनपुरका सबै वडामा वडा अधिवेशन गर्न लागेको छ ।

काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले मंसिर तेस्रो साता गर्ने महाधिवेशनका लागि वडा अधिवेशन गर्न लागेको छ ।

कञ्चनपुरमा जिल्ला सभापति पदम बोगटी, उप सभापति मिन बहादुर सिह, सचिव भीमराज भट्ट र सह सचिव हेमराज ओझा संस्थापन इतर समूहमा छन् ।

१४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मन्त्रीद्वय रमेश लेखक र एनपी साउँद पनि संस्थापन इतर समूहमा छन् ।

dirghayi clinic

१५ औं महाधिवेशन तयारीका लागि भदौ तेस्रो साता लेखक र साउँद दुबैले जिल्लाभर अगुवा कार्यकर्तासित भेटघाट गरेका थिए ।

कञ्चनपुर ३ मा पूर्व रमेश लेखकको फोटो सहित प्रचार सामाग्री सामाजिक सञ्जालमा राखेर वडा अधिवेशन प्रचार गरिएको छ ।

ती प्रचार सामाग्री पार्टी सभापति शेर बहादुर देउवा सहित नेताहरुको फोटो पनि राखिएका छन् । काँग्रेस नेता कार्यकर्ताले त्यसलाई नयाँ यात्राको सुरुवात भनेका छन् ।

कञ्चनपुर ३ का दुई नगरपालिकामध्ये दोधारा चाँदनीक नगर सभापति राजेन्द्र मल्ल संस्थापन इतर समूहमा छन् । यसैगरी कञ्चनपुर ३ प्रदेश ख का सभापति पुस्कर जोशी पनि संस्थापन इतर समूहमा छन् ।

काँग्रेस सुदूरपश्चिम सह महामन्त्री गोपाल भट्ट, दोधारा चाँदनीका निवर्तमान मेयर बीर बहादुर सुनार लगायतका नेता पनि यर्हीं समूहमा छन् । काँग्रेस भीमदत्त नगर समितिका उप सभापति र सचिव राहुल भट्ट पनि संस्थापन इतर समूहमा छन् ।

असोज १५ गते वडा, असोज २० गते पालिका, २३ गते क्षेत्रीय, कार्तिक १५ गते जिल्ला, मंसिर ४ गते प्रदेश र मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न लागिएको छ ।

Himal dental
सम्बन्धित
Loading...