ghar sansar

क्याम्पस पढ्दै काँग्रेस भएकी थिइन् कमला, पहिलो प्रयासमै भइन् वडा सभापति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत

khasi

महेन्द्रनगर । काँग्रेस १५ औ महाधिवेशन अन्तर्गत असोज ३ गते कंचनपुरका ९२ मा काँग्रेस वडा समितिले नयाँ नेतृत्व पायो । कृष्णपुर नगरपालिका २ नम्बर वडा बाहेक सबैमा सर्वसम्मत वडा समिति चयन भए । कृष्णपुर २ मा चुनावबाट वडा समिति चयन भएको थियो ।

९२ वडा कार्य समितिमा दोधारा चादनी नगरपालिका ७ का वडा सभापति कमलादेबी उपाध्ययले मात्रै वडा समिति नेतृत्व गर्न पाएकी छन् । काँग्रेसमा उनले पहिलो पटक वडा समिति नेतृत्व गरेकी हुन् ।

काँग्रेस १४ औ महाधिवेशनबाट क्षेत्रीय सदस्य भएकी उनी १५ औ बाट वडा नेतृत्व गर्दै निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी छन् ।

महिला युवा क्लस्टरबाट निर्विरोध प्रतिनिधि भएकी उपाध्यय काङ्ग्रेस बलियो र रुपान्तरणका लागि आफू लाग्ने बताउँछिन् ।

राजनीति र सामाजिक संघ संस्थामा सक्रिय उपाध्यय २०७९ को स्थानीय तह निर्वाचनबाट वडा सदस्य निर्वाचित भएकी थिइन् ।

२०६२ मा बिहे भएपछि रेडक्रसमा आवद्व हँुदै उनी राजनीतिमा पुगेकी हुन् । दोधारा चाँदनी रेडक्रस सदस्य भएर प्रवेश गरी उनी पछि चुनाव लडेर उप सभापति भएकी थिइन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा उनी चुनावी प्रचारमा सबै वडा पुगेकी थिइन । त्यति बेलासम्म उनी काँग्रेस राजनीति बाहिर थिइन् । उनका राइलो बुवा इन्द्र बहादुर रावत दोधारा चाँदनीको मेयरमा चुनाव लडेका थिए ।

रेडक्रस आवद्व भएपछि उनी भानु बहुमुखी क्याम्पसमा बीएड अध्ययन पनि गर्थिन् । क्याम्पस पढ्दा उनी काँग्रेस राजनीति आवद्ध पुगेकी थिइन् । ‘काँग्रेस राम्रो लाग्यो, समाजका केही त गर्नु पर्छ, समाजको सेवा गर्न पर्छ भनेर राजनीतिमा आए’ उनले भनिन, ‘अब काँग्रेस बलियो, युवा, महिला, सबैको बनाउन सधै लाग्छु ।’

मध्यम परिवारमा जन्मिएकी उपाध्ययले लक्ष्मी माबिबाट एसएलसी गरेकी थिइन् । ८ कक्षासम्म उनले अम्बिका माबिमा पढेकी हुन् ।

काङ्ग्रेस १५ औ महाधिवेशनमा एक पछि अर्को जिम्मेवारी पाएकी उनी अझै पनि आफू राजनीति सिकि रहेको बताउँछिन् । ‘सबैको साथ सहयोगले यहासम्म पुगेकी छु, म त सिक्दैछु’ उनले भनिन, ‘सबै साथ सहयोगले अघि बढ्छु ।’

dirghayi clinic

राजनीतिमा महिलालाई पुरुष सरह सजिलो नहुने उपाध्यय बताउँछिन् । महिला आफै राजनीतिमा आउन नसकेको र आउनलाई पनि समाज बाधक बन्ने गरेको उनको अनुभव छ ।

‘घरको चुलो चौकोबाट महिला बाहिर निस्कन त्यति सजिलो छैन, समाजले नै यो सब सिस्टम बसालि दिएको छ’ उनले भनिन्, ‘महिला त्यसै पछाडि परेका छन, पहिलो कुरा त आफै नि आउन मान्दैन, यात यो राजनीतिबारे केही थाह नै छैन, दोस्रो आएकालाई हेप्ने हुनाले अर्को अफ्ठरो छ, जे भए पनि अब हामीले राजनीतिमा नआई छैन, आउनै पर्नेछ ।’

वडा सभापति उपाध्यय आत्मबल बढाएर महिला राजनीतिमा लाग्न पर्ने बताउँछिन् । ‘म आज आफूलाई सवै खालका बाधा पार गरी यहासम्म पुगेकी छु’ उनले भनिन ।

उपाध्यय महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म समाजमा अघि बढ्न नसक्ने बताउँछिन् ।

बाबाथान बजारमा उनले ब्यूटी पार्लर पनि संचालन गरेकी छन् । भारतको देहरादुनबाट ब्यूटी पार्लर सम्बन्धि तालिम लिएपछि उनले मेहक ब्यूटी पार्लर एण्ड कस्मेटिक सेन्टर सञ्चालन गरेकी हुन् ।

यो पार्लर दोधारा चादनीको पहिलो पार्लर हो । उपाध्यय राजनीतिलाई सेवाका रुपमा अघि बढाउनु पर्ने बताउँछिन् । ‘आफ्नो केही व्यवसाय त हुनु पर्छ, रात दिन केही नगरी राजनीति त भन्न ठिक होइन जस्तो लाग्छ’ उनले भनिन् ।

वडा सदस्य भएपछि उनले महिलालाई आत्मनिर्भर बनाउन बिभिन्न सीप मुलक तालिममा जोड दिएकी छन् ।

उनी सरकारले निशुल्क शिक्षा स्वास्थको व्यवस्था गर्न पर्नेमा जोड दिन्छिन् । अनाथ बाल्बालिकालाई राज्यले जिम्मा लिएर सबै व्यवस्था गर्न पर्ने उनको भनाई छ ।

वडा सभापति उपाध्यय दोधारा चाँदनीमा कोमल नामले चिनिन्छिन् । उनी अरुलाई अफ्ट्यारो परेको देखेपछि सहयोगका लागि अघि गइ हाल्छिन् ।

दुई बर्ष अघि उनी बिपी सृति दिवस मनाउन पार्टी कार्यालय पुगेकी थिइन । बाटोमा आउदा ९ कक्षा पढ्ने छात्रा बिरामी भएपछि आर्थिक समस्याले परिवार चिन्तामा परेको देखेकी थिइन् ।

उनी कार्यक्रम छाडेर ती छात्राका लागि आर्थिक सहयोग जुटाउन लागिन् । ‘मलाई आपत बिपतमा भएको मान्छे देखे सेवा गर्ने मन लागि हाल्छ’ उनी भन्छिन ।

काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरी यस अघि काँग्रेुसमा वडा सभापति महिला नभएको बताउँछिनु् । ‘यस पटक वहाँ सभापति बन्नु भएको छ, एक जना प्रदेश सभापति हुनु भएको छ’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...