

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशन अन्र्तगत कञ्चनपुरका अधिकाँश वडामा वडा निर्वाचन सकिएको छ ।
साँझसम्म कञ्चनपुरका सबै ३० वडा समितिका निर्वाचन भएका छन् । सबै वडामा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
कञ्चनपुर २ का २८ वडामा अधिवेशनबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । बाँकी चार वडामा अधिवेशन जारी राखिएको छ ।

बेदकोट एक, शुक्लाफाँटा र कृष्णपुरका २÷२ वडामा अधिवेशन शुक्रबारसम्म लम्बिएको छ ।
कञ्चनपुर १ मा सबैभन्दा बढी वडामा अधिवेशन लम्बिएको छ । ती सबै वडामा समिति र क्षेत्रीय प्रतिनिधिमा सहमतिका लागि छलफल गरिएका छन् ।
काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले कञ्चनपुरका २१ बाहेक सबै वडामा अधिवेशन सकिएको जानकारी दिए ।
सचिव भट्टका अनुुसार जिल्लाभरका २१ वडामा अधिवेशन उद्घाटन भएर उम्मेदवारी भएको छ । नेताहरु सहमतिका छलफलमा बसेकाले शुक्रबारसम्म निर्वाचन कार्य सकिने सचिव भट्टले बताए ।
