ghar sansar

सुदूरपश्चिममा शिक्षकले नै गर्छन् जातीय विभेद, कैलालीमा तीन शिक्षक पुगे प्रहरी हिरासत

khasi

महेन्द्रनगर । कैलालीको गौरीगङ्गा नगरपालिका –६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन् ।

दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जना शिक्षकलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए ।

dirghayi clinic

उनीहरुमाथी विद्यालयमा दलित समुदायका विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका र कार्यालय सहयोगीमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार भएको आरोप लगाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई तथा दलित विद्यार्थीमाथि जातीय विभेद गरिएको बिद्यालय समितिका सदस्य कैलाश आउजीले बताए ।

घटनाबारे जानकारी सार्वजनिक भएपछि स्थानीयवासी, विद्यार्थीका अभिभावक तथा विभिन्न सरोकारवालाले विद्यालयमा भएको जातीय विभेदको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।

नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...