ghar sansar

पूर्व गृह मन्त्री रमेश लेखकको वडामा महिलालाई काँग्रेस वडा समितिको नेतृत्व, लक्ष्मी मल्ल भइन् सर्वसम्मत सभापति

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको १५ औं महाधिवेशनमा बेदकोट नगरपालिका ८ नम्बर वडा समितिको नेतृत्वमा लक्ष्मी मल्ल सर्वसम्मत भएकी छन् ।

बेदकोट ८ को वडा अधिवेशनबाट मल्लको वडा सभापति भएकी छन् । मल्लको नेतृत्वमा सर्वसम्मत वडा समिति चयन भएको काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशब चन्दले बताए ।

dirghayi clinic

बेदकोट ८ पूर्व गृहमन्त्री रमेश लेखकको वडा हो । लेखक कञ्चनपुर ३ मा लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।

काँग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित लेखक भदौ तेस्रो साता गृह नगर आएका थिए ।

बेदकोटका अन्य ९ वडा भने कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा पर्छन् ।

बेदकोट १ मा दान बहादुर ऐर, ३ मा मदनराज पन्त, ५ मा डम्बर प्रसाद पन्त, ६ मा किसन सिंह भण्डारी, ७ मा डिल्ली हमाल, ९ मा खडक सिह पाल र १० मा गोबिन्द नाथ सभापति भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...