

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको १५ औं महाधिवेशनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सबै वडामा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
कञ्चनपुर ३ मा भीमदत्त नगरपालिकाका १९, दोधारा चाँदनीका १० र बेदकोट नगरपालिकाका ८ नम्बर वडा छन् । बेदकोट ८ मा वडा समिति नेतृत्वमा महिलाले पाएकी छन् ।
बेदकोट ८ पूर्व गृहमन्त्री रमेश लेखकको वडा हो । त्यस बाहेक अन्य सबै वडामा अधिवेशनबाट सर्वसम्मत समिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएका छन् ।
बिहीबार विहानदेखि सबै वडामा अधिवेशन सुरु भएको थियो । काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी आफ्नै २ नम्बर वडामा सहभागी भएका थिए । उनले वडा अधिवेशनलाई सम्बोधन गरेका थिए ।
काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशब चन्दले सबै वडामा शान्तिपूर्ण र मर्यादित रुपमा अधिवेशन सम्पन्न भएको बताए । ‘अधिवेशन भव्य, सभ्य र मर्यादित रुपमा सम्पन्न गरेका छौ’ उनले भने ।
सबै वडामा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको उनले बताए ।
क्षेत्रीय सभापति चन्द भीनपा ९ बाट क्षेत्रीय प्रतिनिधि भएका छन् । भीनपा ९ मा शेर सिह विष्ट सभापतिमा दोहोरिएका छन् ।

काँग्रेस दोधारा चाँदनीका सभापति राजेन्द्र मल्लले वडा अधिवेशन नगरपालिकाका सबै वडामा भव्य रुपमा सकिएको बताए ।
‘भव्य र सभ्य कार्यक्रम सम्पन्न भएको छ, नव निर्वाचित सभापति एबम् पदाधिकारी सदस्यज्यूहरुलाई हार्दिक बधाई शुभकामना, सक्रिय सहभागिताका लागि विशेष धन्यवाद छ’ चन्दले भने ।
काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित समितिले यसले नियमित महाधिवेशन भनेको छ । अधिवेशनबाट भीमदत्तका केही वडामा सभापति दोहोरिएका छन् ।
भीनपा १ मा प्रमानन्द जोशी, २ मा लक्ष्मण बहादुर शाह(हरिकृष्ण शाह), ३ मा पुष्पराज जोशी, ४ मा नारायणदत्त पनेरु, ५ मा मोहन सिह खडका, ६ मा प्रकाश चन्द, ७ योगेन्द्र सिह भण्डारी, ८ मा करन सिह धामी, ९ मा शेर सिह विष्ट, १० मा हर्कराज गिरी, ११ मा विशाल खत्री, १२ मा बीर बहादुर कठायत, १३ मा अशोक ंिसंह, १४ मा उत्तम कुँबर, १६ मा भीमराज भट्ट, १६ मा धर्मराज उपाध्याय, १७ मा श्याम सिंह ठगुराठी, १८ मा कृष्णराज कलौनी १९ मा डम्बर जोरा वडा समिति सभापति भएका छन् ।
उनीहरुमध्ये भीमदत्त १, ६, ९, १५ मा सभापति दोहोरिएका छन् । भीनपा ६ का चन्द, १० का गिरी र १९ का जोरा तीनै जना जनप्रतिनिधि हुन् ।
दोधारा चाँदनी १ मा हरिश भट्ट, २ मा देबेन्द्र सिह नायक, ३ मा दिपक दमाई, ४ मा पदमराज भट्ट, ५ मा भरत सिह पुजारा, ६ मा बुद्धिबल श्रेष्ठ, ७ मा खडक बहादुर चन्द, ८ मा बसन्त रोकाया, ९ मा बलदेब सिह साउद र १० मा सुरेश गिरी वडा सभापति भएका छन् ।
बेदकोट ८ मा लक्ष्मी मल्ल सर्वसम्मत वडा सभापति भएकी छन् ।
बेदकोट ८ पूर्व गृहमन्त्री रमेश लेखकको वडा हो । लेखक कञ्चनपुर ३ मा लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।
काँग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित लेखक भदौ तेस्रो साता गृह नगर आएका थिए । बेदकोटका अन्य ९ वडा भने कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा पर्छन् ।
