ghar sansar

हरिद्वारबाट फर्केर वडा अध्यक्ष

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ का भोज राज जोशी ब्राह्मण विद्या पढ्न १२ बर्षको उमेरमा हरिद्वार गए । बैजनाथ आधारभूत बिद्यालयबाट कक्षा ४ पास गरी अर्को विबद्यालयमा कक्षा ५ भर्ना भएको केही दिनमा जोशी हरिद्वार हिँडेका थिए ।

बैजनाथ आधारभूत विद्यालयमा त्यति बेला ४ कक्षासम्म मात्रै पढाई हुन्थ्यो । किसान जयराज जोशी र गंगादेबी जोशीका चार सन्तानमा उनी माइलो छोरा हुन् ।

हरिद्वारमा गएर अध्ययन सकेर उनले जजमानी गर्न थालेपछि २०७२ मा घर बाहिर बसेको ३० बर्ष पुगि सकेको थियो । जजमानी बाहेक जोशी भजन किर्तन र प्रवचनमा सहभागी हुन्थे ।

चाडवाड र विशेष कामकाजका लागि घर आउन बाहेक बाहेक जोशीले अरु पूरै समय हरिद्वारमा बिताए । ‘म ब्राह्मण बिद्या सिक्न चाहन्थे, त्यही भएर १२ बर्षको हँुदा हरिद्वार गए, उतै पढे, काम सिके, अनि जजमानी गरे’ जोशीले भने, ‘घर गृहस्थी हेर्न पर्ने भयो, त्यही भएर २०७२ मा हरिद्वार छाडेर घर आएर बसे ।’

घर फर्किएपछि पनि उनले जजमानीलाई निरन्तरता दिए । त्यसका लागि उनी भारतको दिल्ली, रुद्रपुर, हल्द्वानी, खटिमासम्म जाने गर्थे ।

जजमानीमा रमाई रहेका जोशी कहिलेकाही शारदा संस्कृत बिद्यापिठमा दाई हरिलाल जोशी भेट्न आउथे । बिद्यापिठका अहिलेका प्राचार्य जोशी त्यति बेला पढाउँथे ।

दाईसित भेट गर्दागर्दै तत्कालीन प्राचार्य स्वर्गीय मुरारी सिंहसित घुलमिल हुन पुगे । त्यसपछि तत्कालिन माओवादी केन्द्रका नेता देबेन्द्र ढुंगाना, कृष्ण दत्त जोशी बोक्सरसित भेट भएर सम्बन्ध बाक्लिएर उनी माओवादी राजनीति हुन पुगेका हुन् ।

तीन जना तत्कालीन माओवादी केन्द्रका नेता र समर्थक थिए । उनीहरु सर्वहारा, श्रमजीवि, माओवाद, जनवाद, मुक्तिका कुरा गर्थे ।

ब्राह्मण कर्मकाण्ड जजमानी गर्दै आएका जोशीलाई उनीहरुको कुरुमा अनौठो लाग्थ्यो । राजनीतिबाट टाढा जोशी पछि सर्वहारा र माओवाद शब्दम ध्यान दिन थाले । पछि उनलाई माओवाद र सर्वहारा शब्द राम्रो लाग्न थाले ।

हरिद्वारमा हिन्दू धर्मका सबै ग्रन्थ पढेका उनले माओवादका धेरै कुरा ती ग्रन्थमा भएको भेटाए । गीतामा कर्म प्रधान भनिएकाले माओवाद ठ्याक्कै मिले जस्तो आफूलाई लागेको उनले बताए ।

तत्कालीन माओवादी केन्द्रका तीन नेतासितको साथ र संगतिले जोशी माओवादी केन्द्रमा लागेर राजनीति गर्ने निर्णयमा पुगेका थिए ।

जोशीका लागि यो निर्णय पारिवारिक रुपमा निकै जोखिम थियो । काँग्रेस पृष्ठभूमिको परिवारभित्र विद्रोह गरी उनी पहिलो पटक राजनीतिक कम्युनिष्ट भित्र्याउन लागेका थिए । जोशीले पारिवारिक सबै जोखिम मोल्न तया भएर अघि बढेका थिए ।

माओवादी भएपछि घर परिवार केही समय रिसाएपछि उनी मौन बसे । त्यसपछि रिसाएको घर परिवार मनाउन सफल भएर उनी २०७९ को स्थानीय तह निर्वाचन लडेर वडा अध्यक्ष निर्वाचित भएका थिए ।

अघिल्लो निर्वाचन एमालेका उत्तम बहादुर बिष्टले जितेका थिए । त्यति बेला तेस्रो भएको माओवादी जिताउन जोशी चुनावी प्रचार गरेका थिए ।

२०७४ को चुनावमा गोरख बहादुर सिंह चुनाव लडेका थिए । २०५४ मा उनी एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

२०७९ को चुनाव आएपछि माओवादी केन्द्रका नेता ढुंगाना, सुदूरपश्चिम सरकारका पूर्व राज्य मन्त्री मान बहादुर सुनार लगायतले चुनाव लड्न कर गर्न थाले । त्यति बेलासम्म बोक्सर माओवादीबाट उप मेयर लड्ने कुरा अघि वढेको थियो ।

माओवादी कमजोर भएकाले जोशी नया चेहरा र जजमानीले सबैसित परिचित भएकाले स्वतन्त्र उम्मेदवार लडाउने छलफल पनि भएको थियो ।

समाजवादीसित गठवन्धन भएकाले जोशी स्वतन्त्र नभएर माओवादी केन्द्रको उम्मेदवार बनेर चुनावी मैदानमा जाने निर्णय लिन पुगे ।

dirghayi clinic

‘म नयाँ मान्छे थिए, जनताले ठिक छ भन्यो, विश्वास गरी जिम्मेवारी दिए’ जोशीले भने, ‘त्यो बिश्वास अनुसार काम गर्दैछु ।’

चुनावमा उनी बाटोघाटो, शिक्षा, स्वास्थ, शुक्लाफाटा राष्ट्रिय निकुञ्जका जनावरबाट हुने क्षति रोकथामका एजेन्डा लिएर मतदाताको घरदैलो पुगेका थिए ।

बैजनाथ आधारभूत बिद्यालय प्राङ्गणमा भएको स्वास्थ केन्द्र सार्न उनी अहिलेसम्म लागि परेका छन् ।

विद्यार्थीलाई रोग संक्रमण सर्न सक्ने भएकाले उनी अन्यत्र सार्न चाहन्छन् । त्यसका लागि जग्गा किन्न ३० लाख बजेट जुटाएका थिए ।

कमिसन खान जग्गा किन्न लागेको कुरा भएको बाहिर आए पछि उनी जग्गा किन्ने काम छाडेर छ्न ।उनी अहिले दानवाट जग्गा खोजीमा लगेका छन् ।

स्वास्थ्य चौकीका लागि जग्गा किन्न ३० लाख बजेट व्यवस्था गरेका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुन्जका हात्ती, बदेल, चित्तलले बर्सेनी स्थानीयका बालीनाली नोक्सान गर्दै आएका छ्न । हात्तीले आक्रमण गर्दा केहेर्ले ज्यान समेत गुमाएका छन् ।

निकुञ्ज किनारका बासिन्दाले सधै जंगली जनावरको त्रास पालेर बस्नु पर्ने बाध्यता छ । वडा अध्यक्ष जोशीले निकुञ्ज किनार पर्खाल लगाएर समस्या हल गर्न चाहेका छन् ।

‘बानीनाली लगाउँछौ, नोक्सान गरि दिन्छन् , कहिले पनि भित्र्याउन पाएको छैन, त्यसका लागि पर्खाल वाल लगाएर मात्रै रोक्न सकिन्छ’ उनले भने ।

वडा अध्यक्ष जोशी १४ नम्बर निकुञ्जबाट सबै भन्दा पीडित भएको उनी बताउँछन् । यो वडाको ८० प्रतिशत भूभाग निकुन्जसित जोडिएको छ ।

निकुञ्जबाट फाइदा पनि लिन सकिन्छ, निकुञ्ज कार्यालयले बालीनाली नोक्सान हँुदा १० हजार र मान्छे मर्दा १० लाख क्षतिपूर्ति दिने गर्छ ।

नोक्सानको भर्पाई त हुन्छ, बालीनाली काट्न नपाउने ठूलो पीडा भएको अध्यक्ष बडु बताउँछन् ।

सात टोलका सबै बासिन्दालाई शुद्व खानेपानी खुवाउन चाहन्छ्न । ओभरहेड ट्याङ्क बनाउने योजना बनाएर अघि बढेका छन् ।

आदिवासी वस्तीमा होमस्टे पर्यटन आकर्षण केन्द्र बनेको छ । शुक्लाफाटा निकुन्ज आउने विदेशी र आन्तरिक पर्यटकले होमस्टे रोज्न थालि सकेका छन् ।

बर्थिङ्ग सेन्टर संचालन गर्ने, ओभरहेड बनाउने र निकुञ्ज किनार पत्खाल बनाउने वडा अध्यक्ष जोशीका ठूला योजना छन् ।

२०१८ मा ठूलीखाल बस्ती हटाएर जङ्गल कटान गरी बस्ती बसाइएको हो । त्यसैले १४ नम्बरलाई वनकट्टी भन्ने गरिन्छ ।

वडा अध्यक्ष जोशी आफूले पढ्दा बैजनाथ आधारभूत बिद्यालय अगाडि जङ्गल भएको सम्झन्छन् ।

वडा अध्यक्ष भएपछि वडामा बाटोघाटो,पुल, ग्राभेलिङ्ग, सीप मुलुक तालिम लगायतका कार्य गरिएका छन् ।

कार्यकालको अन्तिम बर्ष पुगेका उनी आफू खुसी र दुखी केही पनि नभएको बताउँछन् । ‘जनतालाई सुरक्षित राख्न नसके सम्म म खुसी हुन सकिने छैन’ उनले भने, ‘तै पनि म खुसी पनि छैन, म दुःखी पनि छैन ।

Himal dental
सम्बन्धित
Loading...