

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको १५ आंै महाधिवेशन अन्र्तगत मंगलबार भीमदत्त नगर अधिवेशन हुन लागेको छ । महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यक्रम अनुसार भीमदत्त सहित सबै पालिकामा एकै दिन अधिवेशन हुन लागेको छ ।
बुधबार वडा अधिवेशन गरी महाधिवेशन सुरु भएको छ । वडा अधिवेशनबाट छानिएका क्षेत्रीय प्रतिनिधि गाउँ तथा पालिका अधिवेशनमा सहभागी हुने छन् ।
पालिका अधिवेशन नजिनिक थालेपछि नेतृत्वका लागि नेताहरु आन्तरिक भेटघाट र छलफल थालेका छन् ।
भीमदत्त नगर नेतृत्वका लागि दिपेन्द्र विष्ट, राहुल भट्ट र प्रकाश चन्द आकाँक्षी छन् । उनीहरुमध्ये विष्ट र भट्ट १४ र्औं महाधिवेशनबाट निर्वाचित नगर समितिका पदाधिकारी हुन् । नगर समितिमा विष्ट उप सभापति र भट्ट सचिव छन् ।
नगर सभापतिका आकाँक्षी चन्द १४ औं महाधिवेशनमा भीनपा ६ को वडा सभापति भएका थिए । अहिले पनि चन्द वडा सभापतिमा दोहोरिएका छन् । चन्द नगर सभापतिका लागि आकाँक्षी देखिएका छन् ।
आकाँक्षीद्वय चन्द र भट्ट दुबै भीनपा ६ बाट क्षेत्रीय प्रतिनिधि आएका छन् । अर्का विष्ट भीनपा ३ का क्षेत्रीय प्रतिनिधि हुन् ।

अहिलेसम्म नगर सभापतिका लागि वहाँहरु तीन जनाले इच्छा राखेका छन्, नेताहरु वहाँहरुमध्ये कसलाई बनाउने भनेर आन्तरिक छलफल थालि सकेका छन्’ काँग्रेसका एक नेताले भने ।
१५ औं महाधिवेशनबाट नितु भट्ट नगर सचिव निर्वाचित भएकी थिइन् । भट्ट भीनपा ४ बाट क्षेत्रीय प्रतिनिधि भएकी थिइन् ।
नगर सभापति अच्युतराजक कलौनीको निधन भएपछि उप सभापति सुशिल कुमार भट्टलाई कार्य वाहक जिम्मेदवारी दिइएको थियो । भट्ट अहिले काँग्रेस संस्थापनबाट भीमदत्तको नगर सभापति भएका छन् ।
काँग्रेस विशेष महाधिवेशनपछि भट्टले तत्कालिन संस्थापनको साथ छाडेका थिए ।
नेताहरुका अनुसार जिल्ला सभापति पदम बोगटी, सचिव भीम भट्ट, पूर्व राज्यमन्त्री मधु भारती, नेताहरु दुर्गा जोशी, ईश्वरी जोशी लगायतले नगर समिति सहमतिका चयनका लागि आन्तरिक छलफल सुरु गरेका छन् ।
काँग्रेस कञ्चनपुरका सभापति बोगटी सहित नेताहरु अहिले संस्थापन इतर समूहमा छन् । सभापति बोगटीलाई काँग्रेस संस्थापनले केही दिन अघि जिम्मेवारीबाट हटाएको थियो ।
काँग्रेस संस्थापनको असोज ७ गते नगर अधिवेशन भएको थियो । नगर सभापतिका लागि सुशिल भट्ट र पदम बुडाले उम्मेदवारी दिएका थिए । पछि बुडाले भट्टलाई समर्थन गरेपछि भट्ट निर्विरोध भएका थिए ।
