ghar sansar

महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ केन्द्रिय समिति अध्यक्षमा गंगा र उपाध्यक्षमा यज्ञराज निर्वाचित

khasi

महेन्द्रनगर । महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ केन्द्रिय समिति अध्यक्षमा गंगा भट्ट निर्वाचित भएका छन् । संघको शनिबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष भीम बहादुर थाापालाई पराजित गरी भट्ट अध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षमा भट्ट र थापाबीच कडा प्रतिस्पर्धा भएको छ । भट्ट झिनो मत अन्तरले अध्यक्ष निर्वाचित भएका छन् । भट्टले २ मतले थापालाई पराजित गरेका छन् ।

निर्वाचन समितिले घोषणा गरेको अन्तिम परिणाम अनुसार भट्टले ६८ र थापाले ६६ मत पाएका छन् । निवर्तमान अध्यक्ष थापा अघिल्लो निर्वाचनमा चेतन राईलाई पराजित गरी अध्यक्ष भएका थिए ।

शनिबार अध्यक्ष र उपाध्यक्षका लागि निर्वाचन भएको थियो । उपाध्यक्ष यज्ञराज भट्ट निर्वाचित भएका छ्न । भट्टले फराकिलो मत अन्तरले निवर्तमान महासचिव दिलिप कुवरलाई पराजित गरेका छन् । भट्टले ७५ र कुँबरले ५७ मत ल्याएका छन् ।

जल उपभोक्ता संघमा अध्यक्ष सहित दुई पदाधिकारी बाहेक अन्य सबै निर्विरोध भएका छन् ।

संघका नव निर्वाचित अध्यक्ष भट्ट महाकाली सिँचाई प्रथम चरण क्षेत्रीय समितिका निवर्तमान अध्यक्ष हुन् । चार वर्ष अघि निर्वाचनमा अशोक साउँदलाई पराजित गरी उनी अध्यक्ष भएका थिए ।

अहिले साउँद संघको महासचिव निर्विरोध भएका छन् । संघमा महासचिव साउँद सहित सचिव र कोषाध्यक्ष निर्विरोध भएका छन् ।

नव निर्वाचित अध्यक्ष भट्टले सिँचाई प्रणाली व्यवस्थित, सुदृढ र किसानका समस्या सम्बोधन गर्ने योजना बनाएर अघि बढ्ने बताए ।

dirghayi clinic

‘मलाई सबैले विश्वास गरी यो जिम्मेवारी दिएको छ, यसलाई पनि इमान्दारीपूर्वक पूरा गर्ने वाचा गर्छु’ उनले भने, ‘सिँचाई प्रणाली व्यवस्थित, किसानका समस्या समाधानका लागि सधैं लाग्छु ।’

सिचाईको जग्गा संरक्षण, नहरका संरचना निर्माण पुनः निर्माण कार्यलाई पनि अघि बढाउने भट्टले बताए ।

अध्यक्ष भट्टले चुनावमा पराजित निवर्तमान अध्यक्ष थापासित समन्वय र सहकार्य गरी आफू सधैं अघि बढ्ने बताए ।
महाकाली सिचाई व्यवस्थापन कार्यालयम भएको निर्वाचनमा एक सय ३४ मत खसेको थियो ।

समितिको महासचिव अशोक साउँद, सचिव गोपाल कुँबर र कोषाध्यक्ष दिलिप बुढाऐर निर्विरोध भएका छन् ।

संघमा महाकाली सिँचाई आयोजना पहिलो र दोस्रो चरणको क्षेत्रीय र ती मातहतका ब्लक आवद्ध छन् । पहिलो चरणमा ५ र दोस्रो चरणमा चार ब्लक छन् ।

पहिलो चरण क्षेत्रीय समितिमा कृष्ण राज पाण्डेय र दोस्रोमा श्याम बहादुर खत्री यस अघि चयन भएका थिए ।

यसैगरी पहिलो चरणको ब्लक ए मा किशोर खाती, बी मा प्रकाश दत्त कलौनी, सी मा हरिश साउँद, डी मा आन सिंह विष्ट र ई मा खेमराज पन्त अध्यक्ष भएका थिए ।

ब्लक ए बसन्तपुर, बी कालापुल, सी उल्टाखाम, डी लालपुर र ई सामादैजी क्षेत्रमा छन् ।

यसैगरी दोस्रो चरण अन्र्तगत ५ नम्बर ब्लक अध्यक्षमा दिर्घराज बस्नते, ६ मा टेकराज भट्ट, ७ मा कमल सिह साउँद र ८ मा प्रेम चन्द अध्यक्ष भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...