ghar sansar

काँग्रेसमा खगेश्वरी बोकटीले जहाँ चुनाव लडिन् , त्यहीं जितिन्, १५ औं मा महाधिवेशन प्रतिनिधि नै भइन्

khasi

महेन्द्रनगर । काँग्रेस महाधिवेशन प्रतिनिधि खगेश्वरी भट्ट बोकटीले २०४९ मा नेपाल विद्यार्थी संघबाट तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियू कोषाध्यक्ष चुनाव लड्ने सोच बनाएकी थिइन् ।

कक्षा ११ मा व्यवस्थापन पढ्न थालेकी उनले चुनाव स्थगित भएपछि लड्न पाईनन् । नेपाल विद्यार्थी संघमा आवद्व भइ रहिन् ।

बेदकोट नगरपालिका ७ सुडास्थित घटाल माध्यमिक बिद्यालयबाट एसएलसी पास गरी बोकटी सिद्धनाथ बहुमुखी क्याम्पस भर्ना भएकी थिइन् ।

काँग्रेस पृष्ठभूमिको घर परिवारकी बोगटी क्याम्पस भर्ना भएपछि एकाएक नेपाल विद्यार्थी संघमा आवद्ध हुन पुगेकी थिइन् । त्यति बेला क्याम्पसमा असाध्यै विद्यार्थी संगठनको राजनीति हुन गरेको थियो ।

क्याम्पसमा छात्र भन्दा छात्राहरु निकै कम हुन्थे । अहिले उनी आफूसित कक्षा ११ मा ७ छात्रा र ८४ छात्र भएको सम्झिन्छन् ।

विद्यार्थीदेखि काँग्रेससित जोडिएकी उनी अहिले काँग्रेस १५ औ महाधिवेशनमा चुनाव लडेर महाधिवेशन प्रतिनिधि भएकी छन् ।

‘सुरुमा क्याम्पसमा चुनाव लड्ने सोच बनाएको थिए, चुनाव स्थगित भएर लड्न पाए, अहिले चुनाव लडेर महाधिवेशन प्रतिनिधि जितेकी छु’ उनले भनिन्,‘पार्टीमा त अहिलेसम्म चुनाव लड्दै आएकी छु ।’

अहिले महिला खुलाबाट निर्वाचित उनी १३ औ महाधिवेशनमा काँग्रेस कञ्चनपुर ३ सह सचिव र १४ आंै मा अत्यधिक मत ल्याएर जिल्ला सदस्य निर्वाचित भएकी थिइन् ।

‘पार्टीमा लागेर सेवा गर्न चाहन्छु, म जहिले पनि निर्वाचन लडेर आए, यस पटक पनि लडे, चुनाव लड्दै गर्दा मलाई एकै नाशको अनुभूति हुन्छ, त्यस्तो अरु फरक त हु्ँदैन’ उनले भनिन् ।

बोकटी शिक्षण व्यवसाय, सामाजिक कार्यसंगै राजनीतिमा पनि सक्रिय छन् ।

dirghayi clinic

शिक्षण व्यवसायमा आउन अघि उनी केही वर्ष सरकारी जागिरे पनि भइन् । उनले ११ बर्ष व्यवायिक तथा सीप विकास तालिम केन्द्रमा नायब सुब्बा भएर काम गरेकी थिइन् ।

जागिरपछि उनी शिक्षण व्यवसाय आएर राजनीतिमा सक्रिय भएर अहिले महाधिवेशन प्रतिनिधि भएकी छन् । उनी राजनीतिमा सक्रिय भएर सामाजिक सेवामा लाग्ने बताउँछिन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुरकी बोकटीले समाज शास्त्र र राजनीति शास्त्रमा डिग्री गरेकी छन् ।

सिद्धनाथ बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षा दिएपछि उनको भानदेब बोकटीसित विहे भएको थियो । बोकटी ग्रामीण विकास बैंकबाट अवकाश भई सकेका छन् ।

२०६३ मा जागिर बाहिर हुँदासम्म उनी काँग्रेस सम्बद्ध नेपाल निजामती कर्मचारी युनियमा आवद्ध थिइन् ।

विहेपछि स्नातक र स्नातकोत्तर अध्ययन, सीप विकास जागिर र घर परिवारको जिम्मेवारी बोकटीले निर्वाह गरेकी थिइन् । उनका दुई सन्तान छन् ।

‘घर परिवार, पढाई, जागिर सबै गरी मैले बीएड र एमएड गरे, जागिरबाट बाहिर भएपछि १२ औं महाधिवेशनबाट निरन्तर पार्टीमा छु’ उनले भनिन् ।

काँग्रेस १२ औं महाधिवेशनमा उनी कञ्चनपुर ३ मा क्षेत्रीय सदस्य भएकी थिइन् । काँग्रेस महाधिवेशन प्रतिनिधि बहादुर सिह थापा १२ औ पार्टी सभापति भएका थिए ।

१५ औं सम्म पुग्दा बोकटी थापासंगै महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । १४ औं महाधिवेशनमा उनी सबैभन्दा बढी मत ल्याएर जिल्ला सदस्य भएकी थिइन् ।

१३ औं महाधिवेशनमा कञ्चपुर क्षेत्र नं. ३ मा चुनाव लडेर सह सचिव भएकी थिइन् । काँग्रेसबाट बोकटीले २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्तको उप मेयरको आकाँक्षा राखेकी थिइन् ।

काँग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदासम्म बोकटीले राजनीति सजिलो नभएको अनुभूति गरेकी छन् ।

‘यो राजनीति भन्ने कुरा सजिलो छैन, बाहिर भन्न त सजिलो छ भनिन्छ, तर गरेपछि मात्रै थाह हुन्छ’ उनी भन्छिन्, ‘कुटनीति, चाहिन्छ, नेता कार्यकर्ता, जनता सबैको मन जित्ने काम सजिलो त हुँदैन, तै पनि धैर्य र आँट गरी लागि रहनु पर्छ भन्ने मलाई लाग्छ, त्यस अनुसार अघि बढ्दै यहाँसम्म आएकी छु ।’

Himal dental
सम्बन्धित
Loading...