ghar sansar

काँग्रेस संस्थापन काठमाडौं महाधिवेशनमा हिँडेपछि देउवा समूहले गर्दैछ पार्टी कार्यालयमा भीमदत्त नगर अधिवेशन

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर समूहको बुधबार काँग्रेस पार्टी कार्यालयमा १५ औं महाधिवेशन अन्र्तगत भीमदत्त नगर अधिवेशन हुन लागेको छ ।

काँग्रेस संस्थापन इतरको महाधिवेशन निर्वाचन तालिका अनुसार यस अघि १५ गते वडा अधिवेशन भएको थियो । वडा अधिवेशनपछि बुधबार सबै पालिकाका अधिवेशन हुन लागेका छन् ।

भीमदत्तको नगर अधिवेशन पार्टी कार्यालयमा राखिएको छ । पार्टी कार्यालयमा अधिवेशनका लागि तयारी गरिएको नेताहरुले बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा कार्यक्रम गरी भीमदत्तका सबै वडाका वडा सभापतिलाई बधाई तथा शुभ कामना दिइएको थियो ।

कार्यक्रममा काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशव चन्दले मंगलबार पार्टी कार्यालयमा व्यवस्थित रुपमा अधिवेशन गर्ने तयारी थालिएको जानकारी दिएका थिए ।

dirghayi clinic

नगर अधिवेशन ६ सय हाराहारी क्षेत्रीय प्रतिनिधि सहभागी हुन लागेका छन् । काँग्रेस भीमदत्त नगर सचिव नितु भट्टले बिहान ११ बजे अधिवेशन उद्घाटन हुने बताइन् ।

उनले सामाजिक सञ्जालबाट भीमदत्त नगरभित्रका सबै क्षेत्रीय प्रतिनिधि, नेता, कार्यकर्ता, शुभचिन्तकलाई सहभागिताका लागि आग्रह गरेकी छन् ।

काँग्रेस विशेष महाधिवेशनपछि काठमाडौंमा काँग्रेस संस्थापनको १५ औं महाधिवेशन जारी रहँदा कञ्चनपुरका सबै पालिकामा पालिका अधिवेशन हुन लागेका हुन् ।

यस अघि असोज ७ गते काँग्रेस संस्थापनको नगर अधिवेशन पनि पार्टी कार्यालयमा भएको थियो ।

काँग्रेस संस्थापनले असोज ३ देखि वडा अधिवेशन सुरु गरेको थियो । वडापछि नगर हुँदै क्षेत्रीय अधिवेशनपछि सोमबारदेखि काठमाडौंमा महाधिवेशन सुरु भएको छ ।

काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले १४ औं महाधिवेशनपछि अहिले पार्टीको महाधिवेशन हुन लागेको बताए ।

‘त्यो हिजो अस्ति के हो, थाह भएन, यो १४ औं महाधिवेशनपछि नियमित महाधिवेशन हो,’ उनले भने,’ उनले भने,‘सबै पालिकामा भोलि पालिका अधिवेशन हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...