

माननीय मुख्यमन्त्री भट्टज्यू
सुदूरपश्चिम प्रदेश सरकार
धनगढी, कैलाली
विषय : कटौती गरीएका विद्यालय योजनामा पुनर्बिचार गरि दिनेबारे
महोदय
उपरोक्त बिषय सम्बन्ध मा भीम दत्त नगरपालिका वडा नं ०३ कञ्चनपुर स्थित श्री गौरीशंकर आधारभुत बिध्यालय मा माननीय कमल शाह ज्यु को नेतृत्वमा रहेको तत्कालीन प्रदेश सरकार ले ल्याएको आ ब २०८३÷०८४ को बजेट मा दुईकोठे भबन समाबेश गरिएको थियो ।

तपाईंको नेतृत्व मा बनेको बर्तमान सुदुरपस्चिम प्रदेश सरकारले ल्याएको बजेट्मा उक्त योजना कटौती गरीयो ।सैद्धान्तिक रुपले पुरानो सरकार का निर्णय , स्वामित्व र दायित्व जहिले पनि नंया सरकार मा सरेर जान्छ ।तपाईको नेतृत्व मा बनेको सरकारले गरीब ,बिपन्न ,असहाय र पिछडिएका वर्गका छोरा छोरी पढने स्कुल का योजना कटौत गरी हामीमाथि अन्याय गर्नु भाको छ ।
यस्ले विद्यालय परिवार र अभिभावक मा नैराश्यता आएको छ। बिध्यालय मा भबन चर्केको ,चुहिने र भत्किने संम्भाबनारहेको हुदा प्राबिधिक जाँच गरेर अत्यावश्यक अबस्थामा मा उक्त दुई कोठे भबन माग गरिएको थियो र त्यस का लागि थुप्रै प्रसास , संघर्ष ,जनप्रतिनिधि र तत्कालिन आर्थिक मामिला र सामाजिक बिकास मन्त्रीज्यु संगको भेटघाट पछि योजना प्राप्त भाको थियो।
लामो राजनैतिक पृष्ठभुमि ,जनयुद्ध र समाजबाद को नेतृत्व गरेको तपाईजस्तो खारीएको नेतृत्वबाट तपाईका सरोकारवाला मन्त्री ले तपाईको ओज धटने गरि बजेट कटौती गर्लान भन्ने हामिलाई लागेको थिएन । आबस्यकता को पहिचान ,बि ब्य स को निर्णय , वडा र नगरपालिका को सिफारिस सहित स्म्बन्धित मन्त्रालय मा बिधिबत दर्ता गरेर प्राप्त गरेको उक्त बिध्यालय योजना हचुवाको भरमा कटौती गर्नु न्यायसंगत देखिदैन । प्रअ ले बिध्यालय को शैक्षिक , भौतिक र समग्र उन्नतिका लागि राजनैतिक नेतृत्व संग हारगुहार गर्ने र हात जोडिजोडी योजना माग्ने बाध्यता हाम्रो देश मा कहिले अन्त्य हुन्छ ?
माननीय मुख्यमन्त्री ज्यु यसै बिच पुरक बजेट को चर्चा छ । हचुवाको भरमा कटौती मा परेका बिध्यालय योजनाहरु को आबस्यकता र औचित्यता पहिचान गरि बिना भेदभाब कटौती गरीएका बिध्यालय योजना हरु भबिस्य मा सुनिस्चित गरीगराईदिन हुन पिडित बिध्यालय हरुको तर्फ बाट माननीय मुख्यमन्त्री ज्यु मा सामाजिक सन्जाल मार्फत हार्दिक अपील गर्दछु ।
जगदीश प्रसाद जोशी
प्रधानाध्यापक
श्री गौरीशंकर आधारभूत विद्यालय भीनपा ३ नौलाखेत कञ्चनपुर
