

महेन्द्रनगर । लागुऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कञ्चनपुरको २०८१ जेठ ४ गतेको फैसलाले ८ महिना १९ दिन कैद सजाय तोकिएका बेलौरी नगरपालिका–६ निवासी २९ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका हुन् ।

बुधबार साँझ इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
