ghar sansar

कञ्चनपुरमा झन बढ्दै तस्करी, दुईं दिनमा मात्रै प्रहरीले समात्यो १० लाख बढी मूल्यको समान

khasi

महेन्द्रनगर । प्रहरी सक्रियताका बाबजुद भन्सार छली रोकिनको सट्टा बढ्न थालेको छ । कञ्चनपुर प्रहरीले दैनिक बरामद गर्ने समानका आधारमा तस्करी नियन्त्रण बाहिर पुगेको देखिएको छ । पछिल्लो प्रहरीेले दुई दिनमा १० लाख बढी मूल्यको समान बरामद गरेको बाहिर आएको छ ।

भारतबाट भन्सार छली गरी ल्याइएका १० लाख ४९ हजार ३८५ रुपैयाँ मूल्य बराबरका सामान गरिएको छ । अवैध रूपमा भित्र्याइएका सामान बरामद गरी प्रहरीले तीन जनालाई पक्राउसमेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कात्तिक ८ र ९ गते जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र मातहतका टोलीबाट तेल, दाल, नरिवल, बिँडी, सुर्ती, खुर्सानी तथा मिठाईलगायतका सामान बरामद गरेको छ । ती सामानको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ।

dirghayi clinic

 इलाका प्रहरी कार्यालय गड्डाचौकीले चप्पल, साडी, कपडा, खाद्यान्न तथा किराना सामान गरी १ लाख १६ हजार ३२५ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले साइकलका पाटपुर्जा, प्लास्टिक, ट्युब, डोरी, तेल, मिठाई तथा एउटा मोटरसाइकलसहित एक लाख ८७ हजार ९६० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले ६०० बण्डल बिँडी, प्लास्टिकका झोला, तेल र चिनी गरी तीन लाख १८ हजार ६०० रुपैयाँ मूल्य बराबरका सामानसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी टेडुवाले २० किलो माछा तथा पेय पदार्थ बरामद गरी नष्ट गरेको छ। ती सामानको मूल्य ११ हजार ४०० रुपैयाँ रहेको छ ।

यस्तै, भीमदत्त नगरपालिका–१८ स्थित कारागार रोडबाट अवैध सामानसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ का ५० वर्षीय लप्टन चौधरी, वडा नम्बर ११ का ४४ वर्षीय किसनदत्त जोशी र वडा नम्बर १७ का ३० वर्षीय लबराज चटौत रहेका छन् ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...