ghar sansar

रास्वपामा नयाँ पुराना सबैलाई भुलेको छुट हुने छैन, पुरानो भन्दैमा विशेषाधिकार दिइने छैन– साँसद महता

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका नव प्रवेशीलाई समान अवसर दिइए पनि भुलको छुट नहुने साँसद ज्ञानेन्द्र सिंह महताले बताएका छन् ।

रास्वपा भीमदत्त नगर समितिले गरेको शुभ कामना आदानप्रदान कार्यक्रममा साँसद महताले पार्टीमा नयाँ पुरानो भनेर भेदभाव नभई समान अवसर दिइने बताएका हुन् ।

dirghayi clinic

पार्टीमा को पुरानो को नयाँ भनेर प्रतिस्पर्धा नहुने उल्लेख गर्दै उनले जनताका लागि गरेको काम महत्वपूर्ण हुने उनले बताए ।

पार्टीमा अनुहार हेरेर नभई संस्कार र पद्धतिका आधारमा संस्कार बसाल्नु पर्ने साँसद महताले बताए ।

‘पार्टी प्रवेश कहिले गरेको छ भन्ने होइन, जनताका लागि के गरेको छ भन्ने आधारमा पहिचान स्थापित हुन्छ’ उनले भने ।

‘पार्टीमा वर्षाैदेखि बसेका साथीहरुको उच्च सम्मान हुनु पर्दछ, नयाँ प्रवेश गरेका साथीहरुको क्षमता र अनुभवका आधारमा मूल्याङकन हुनु पर्छ’ उनले भने, ‘कसैलाई पुरानो भनेर विशेषाधिकार दिइने छैन, सबैको मूल्याङ्कन उसको काम, जिम्मेवारी र इमान्दारीबाट हुनेछ, यसमा ढुक्क बस्न सबैमा आग्रह गर्दछु ।’

Himal dental
सम्बन्धित
Loading...