ghar sansar

गर्मीले प्रार्थना लाइनमै ढल्ने थाले विद्यार्थी, शिक्षण पेशासित जोडिएका स्थानीय सरकार प्रमुखले गरेनन् विद्यालय बन्द

little buddha academy
khasi

महेन्द्रनगर । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका तीन तहले विद्यालय बन्द गराएका छन् । अन्य आधा दर्जन तहले भने विद्यालय सञ्चालनमा ल्याएका छन् । बेलडाँडीमा केही विद्यालयले बन्दको अवज्ञा गरेका छन् ।

भीमदत्त नगरपालिकाले जेठ २३ गते मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो । भीमदत्तको निर्णयपछि बेदकोट र बेलडाँडी गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । भीमदत्तमा चार दिन र अन्य दुई तहमा तीन दिनका लागि विद्यालय बन्द गरिएका छन् ।

,orning glory badhai

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अत्यधिक गर्मीले पठनपाठनमा प्रतिकूल असर देखिन थालेपछि विद्यालय बन्द गरिएको बताए ।

तीन तह बाहेक अन्य तहमा भने विद्यालय बन्द नगरी पठनपाठन जारी राखिएको छ । ती तहमा सामुदायिक र संस्थागत दुबै विद्यालय सञ्चालनमा छन् ।

गर्मीमा विद्यालय बन्द नगर्ने स्थानीय तहमध्ये केहीमा शैक्षिक क्षेत्रसित जोडिएका व्यक्ति प्रमुख छन् । दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकामा शैक्षिक क्षेत्रसित जोडिएका व्यक्ति प्रमुख छन् । पुनर्वासका मेयर तोय प्रसाद शर्मा शिक्षण पेशाबाट अवकाश पाएर सक्रिय राजनीतिमा आएका हुन् ।

dirghayi clinic

स्थानीय तह निर्वाचनमा उनी मेयरमा निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा उनी पराजित भएका थिए । शिक्षण पेशाबाट आएका शर्माले पनि गर्मीमा विद्यालय बन्द नगरी पठनपाठनलाई निरन्तरता दिएका छन् ।

कृष्णपुर नगरपालिका मेयर हेमराज ओझा र दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु दुबै जना संस्थागत विद्यालयका सञ्चालक हुन् । कृष्णपुरका ओझाले धनगढीमा स्कुल सञ्चालन गर्दै आएका छन् । अन्य स्थानीय तहमा अत्यधिक गर्मीले विद्यालय बन्द हुँदा पनि ओझाले यस तर्फ ध्यान दिएका छैनन् ।

दोधारा चाँदनीका लिम्बुले पनि शिक्षण संस्था सञ्चालन गरि रहेका छन् । शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा पनि विद्यालय बन्द नगरी पठनपाठन सञ्चालन गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्दले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्नु नै राम्रो भएको बताए । ‘यस्तो गर्मीमा पढाउन नै सकिदैन, विद्यालय लगाएर पनि फाईदा छैन’ उनले भने,‘पानी नपर्दासम्म विदा दिँदा नै राम्रो हुन्छ ।’

बढी विद्यार्थी र टिनको छानो भएको विद्यालयमा गर्मीका कारण पठनपाठन गर्न सकिने अवस्था नभएको केन्द्रीय सदस्य चन्द बताउँछन् । ‘लेण्टर भएको, विजुली बत्ती पुगेको, कम विद्यार्थी भएको विद्यालयमा त अलिकति सहज हुन्छ’ उनले भने,‘अहिले पनि केही विद्यालयमा प्रार्थना लाइनमै विद्यार्थी फेन्ट भएर ढलेका खबर आएका छन् ।’

गर्मीका कारण केही विद्यालयमा विद्यार्थीहरु प्रार्थना लाइनमै बेहोस भएर ढलेको जानकारी आएको संगठनका केन्द्रीय सदस्य चन्दले बताए ।

स्थानीय तहले लामो विदाबाट कटौती हुने गर्मीमा विदा दिएका हुन् । शैक्षिक क्यालेण्डर अनुसार ४५ दिनको लामो विदा हुन्छ । विद्यालयहरुले असार वा साउनमा लामो विदा दिने गरेका छन् । त्यहीं लामो विदाबाट कटौती हुने गरी जोडा विदा पनि दिने गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...