ghar sansar

चुनावी वाचा पूरा गर्दै साँसद महता, सुरु भयो दोधारा चाँदनीबाट जग्गा नाप जाँच, जग्गाधनी पूर्जा पनि छिट्टै

khasi

महेन्द्रनगर । कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले दोधारा चाँदनीमा जग्गा नाप जाँच सम्बन्धि कार्य बासिन्दाका लागि महत्वपूर्ण र सुखद सुरुवात भएको बताएका छन् ।

दोधारा चादनी १० कुतियाकबरबाट जग्गा नाप जाच सुरु भएपछि उनले सामाजिक संजालबाट खुशी व्यक्त गर्दै यो सुरुवात जग्गा समस्या समाधानको दिशामा फलदायी हुने आश व्यक्त गरेका छन् ।

उनले भनेका छन्न्, ‘वर्षौंदेखि जग्गाधनी पुर्जा प्राप्तिको प्रतीक्षामा रहनुभएका स्थानीय बासिन्दाका लागि यो महत्वपूर्ण र सुखद सुरुवात हो। जग्गासम्बन्धी समस्या समाधान गर्ने दिशामा अघि बढेको यस प्रक्रियालाई व्यवस्थित र शीघ्र रूपमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षको सक्रिय सहयोगको अपेक्षा गर्दछौँ ।’

२०८२ को फागुन २१ गते भएको निर्वाचनमा महताले जग्गा समस्या समाधान गर्ने प्रतिवद्वता गरेका थिए ।

केही दिन अघि महताले प्रशासन कार्यालयमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखसित जग्गा समस्या समाधानका छ्लफल गरेका थिए ।

भूमि व्यवस्था, कृषि सहकारी तथा समान्य प्रशासन मन्त्री प्रतिभा रावल केही महिना अघि आफै दोधारा चाँदनी पुगेर भूमि समस्या समाधान प्रतिवद्वता गरेकी थिइन् ।

दोधारा चाँदनी १० कुतियाकबरमा ३६ परिवार बसोबास गर्छन । जोगबुडा र महाकाली नदीको छेउमा भएको बस्ती २०२२ देखि बसोबास थालिएको हो ।

अहिले ऐलानी जग्गामा नाप जाच सुरु गरिएको हो । रास्वपा नेतृत्वको सरकार बनेपछि सरकारको एक सय दिने कामको सूचिमा जग्गा समस्या समावेश थियो ।

प्रमुख जिल्ला अधिकारीलाई भूमि समस्या समाधान समितिको जिम्मा दिइएको छ ।

दोधारा चाँदनीका मेयर लिम्बुले तीन दिन अघि जग्गा जाच प्रक्रिया अघि बढ्न नसकेको भन्दै सामाजिक संजालमा असन्तुष्टि पोखेका थिए ।

उनले जग्गा नाप जाच प्रक्रियाले गति लिने र छिट्टै पूर्जा बितरण गरिने बताए ।

दोधारा चाँदनी १० का वडा सिंहले बाढीको सधै त्रास भएको बस्तीबाट पूर्जा बितरण सबैका लागि सुखद भएको बताए ।

dirghayi clinic

साँसद महता सहितको उपस्थितिमा ऐलानी जग्गा नाप जाँच सुुरु भएको छ । २०२२ देखि बस्दै आएको बस्तीका वासिन्दा हालसम्म ऐलानी जग्गा भोगचलन गर्दै आएका छन् ।

बस्तीमा पुगेको साँसद सहितको टोलीमा दोधारा चाँदनीका उप मेयर गंगा जोशी सहभागी भएका छन् । उप मेयर जोशी सोमबार पनि कुतियाकवरमा जग्गा नाप जाँच उद्घाटनमा सहभागी भएकी थिइन् ।

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले सोमबार जग्गा नापजाँच गरेका समाचार आएका थिए ।

मंगलबार मेयर लिम्बु साँसद सहित बस्तीमा पुग्दा अनुपस्थित भएका छन् । वस्तीका वासिन्दाले मेयर लिम्बु सोमबार बस्तीमा आएको बताए ।

दोधारा चाँदनी नगरपालिकाका कर्मचारीले भने सोमबार मेयर बस्तीमा आएपछि वडा अध्यक्ष नेतृत्वको भूमि समस्या सम्बन्धि समितिको बैठक बसेको दाबी गरे ।

कर्मचारीले दावी विपरित सोमबार मेयर लिम्बुले जग्गा नाप जाँच गरेका समाचार भने बाहिर आएका छन् । प्रमुख जिल्ला अधिकारी जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष हुन् ।

वस्तीमा जग्गा नापजाँच सुरु भएपछि साँसद महताले दोधारा चाँदनीका जनतालाई कुतियाकबरबाटै जग्गाको मालिक बनाउने प्रक्रिया सुरु गरिएको बताए ।

‘जनतालाई भूमि अधिकार लालपुर्जा शिघ्र वितरणमा हामीलाई ढिलोचाँडो गर्ने कुनै छुट छैन, ‘उनले भने, ‘फिल्डमा काममा क्रममा कुनै समस्या आए हामीलाई भन्नु हामीले तुरुन्तै सम्बन्धित निकायमा प्रस्ताव अघि सारेर समाधान गछौँ, जनतालाई अब कसरी भएपनि दुःखमुक्त गर्नुपर्छ ।’

दोधारा चाँदनीका मेयर लिम्बु २०७९ को स्थानीय तह निर्वाचन अघि भूमि समस्या समाधान समितिमा आफैं विज्ञ सदस्य थिए ।

कुतियाकबरमा सबै फाइल अवस्थित बसोबासी छन् । २०२२ देखि बसेको बस्तीमा २०७४ मा जग्गा नाप जाँच भएको थियो । अहिले फेरि नाप जाँच सुरु भएको छ ।

दोधारा चाँदनीमा हालसम्म वडा नं. ४, ६ र ७ मा जग्गा नापी कार्य सुरु हुन सकेको छैन । विगतका आयोगले दिएका केही सेतो पूर्जालाई रातो बनाएर यस अघि वितरण गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका भूमि व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चन्द्र ओझाले उनले पहिलो दिन वस्तीको सबै भोगचलन गरिएको जमिनको प्वाईन्ट लिने र त्यसपछि फाराम र भोगचलनका आधारमा व्यक्ति व्यक्तिको नापचाँज गरिने बताए ।

यस पटक वस्ती स्तमा जग्गा नाप जाँच सकिएपछि जग्गाधनी पूर्जा प्रक्रिया सुरु गरिने ओझाले बताए ।

Himal dental
सम्बन्धित
Loading...