ghar sansar

बिहीबारदेखि झोलुङ्गे पुलमा आवागमन बन्द

little buddha academy
khasi

दोधारा । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन भोलिबाट बन्द हुने भएको छ् । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिका– ४ र भिमदत्त नगरपालिका– १३ वडा कार्यालयको सयुक्त निर्णय अनुसार पुलको आवागमन बन्द गरेको हो ।

अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत गर्नु पर्ने भएको हुँदा पुलमा आवागमन बन्द गरिएको हो । निमार्ण कार्य पूरा नहुँदासम्म भोलि देखि बिहान ६ बजे देखि ११ बजेसम्म र अपरान्ह ४ बजे देखि ८ बजे सम्म महाकाली झोलुङ्गे पुलको आवागमन बन्द गरिएको जारी भिमदत्त नगरपालिका वडा नं. १३ वडा कार्यालयको सूचनामा भनिएको छ ।

,orning glory badhai
dirghayi clinic

‘पुर्वाधार विकास कार्यालय कञ्चनपुरको च.न. ५२० मिति २०७९÷०२÷२५ को प्राप्त पत्र अनुसार मिति २०७९÷०२÷२६ गते देखि महाकाली नदीमा निर्मित झोपुको मर्मत गरिने भएको हुँदा मर्मत कार्य सम्पन्न नहुँदासम्म भीमदत्त नगरपालिका– १३ वडा कार्यालय, दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष र झोलुङ्गे पुल प्रहरी चौकीको सयुक्त निर्णयबाट मर्मत कार्य भईरहने बेला सम्म आवागमन बन्द गरिने हुँदा सम्बन्धित सबैको लागि यो सार्वजनिक सुचना प्रकाशित गरिएको छ्’ भिमदत्त नगरपालिका– १३ वडा कार्यालयको सुचनामा भनिएको छ् ।

महाकाली नदी पारीको दोधारा चाँदनी नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ । नेपालमा रहेका सबै प्रकारका पुल मध्ये यो पुल नै सबै भन्दा लामो पुल हो ।

२०६१ सालमा ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । यो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुल ३२ दशमल ७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ ।

Himal dental
सम्बन्धित
Loading...