ghar sansar

भीमदत्तमा गज्जबको रकमान्तर : योजना र बजेट त्यहीं, खोला मात्रै फेरियो

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाकाले योजनाको नाम परिवर्तन नगरी रकमान्तर गरेको छ । भीमदत्त नगर कार्यपालिकाको दोस्रो कार्यपालिका बैठकबाट १४ लाखको कल्भर्ट निर्माण योजानको शीर्षक र रकम यथावत राखेर रकमान्तर गरिएको छ । बैठकबाट चार योजानको शीर्षक परिवर्तन र रकमान्तर गरिएको थियो ।

भीमदत्त नगरपालिका वडा नं. ५ आदर्श टोल र भृकुटी टोल नजिकको त्रिपुरा खोलामा कल्भर्ट निर्माण योजना कार्यपालिका बैठकबाट वडा कार्यालय भवन नजिक खोलामा लैजाने निर्णय गरिएको छ । कार्यपालिकाको निर्णयमा शीर्षक परिवर्तन गरी रकमान्तर गरिएको भनिए पनि योजनाको ठाउँ मात्रै स्थानान्तरण गरिएको छ ।

,orning glory badhai

‘त्यहाँ काम हुन सकेन भनेर अर्को रकमान्तर गरिएको छ, यहीं योजना अर्को ठाउँमा चाहि कसरी हुन सक्छ’ भीमदत्तका एक प्राविधिक भने, ‘यो के गरेको, केही भन्नै मिल्ने जस्तो भएन ।’

आदर्श टोल र भृकुटी टोलका वासिन्दाको आवागमनका लागि बनाउन लागिएका कल्भर्ट निर्माण योजना अन्यत्र गएपछि स्थानीय विरोधमा आउन सक्ने नगरपालिकाका अधिकारीहरु बताउँछन् ।

dirghayi clinic

भीनपा ५ का अध्यक्ष पदमराज अवस्थी भीमदत्तको पूर्वाधार विकास समितिका संयोजक छन् । उनलाई मेयर पदम बोगटीले दोस्रो बैठकबाट संयोजक बनाएका थिए । मेयरले बोगटीलाई संयोजक बनाएको बैठकबाट उनको वडामा कल्भर्ट निर्माण योजना शीर्षक परिवर्तन नगरी सारिएको छ ।

नगर कार्यपालिका बैठकको ८ नम्बर बुँदामा २०७८ असार १०, १२ तथा २०७८ पुस १६ गते बसेको नगर सभाको बैठकको निर्णय अनुसार स्वीकृत भई कार्यान्वयन हुन नसकेका योजना तथा कार्यक्रम आगामी नगर सभाबाट अनुमोदन हुने गरी शीर्षक परिवर्तन तथा रकमान्तर गर्ने निर्णय गरिएको उल्लेख छ । चार योजनामध्ये अन्य तीन योजनामा भने शीर्षक परिवर्तन गरी रकमान्तर गरिएको छ ।

रकमान्तर गरिएका चार योजनामध्ये दुई ओटा वडा नं. १६ मा छन् । स्थानीय तह निर्वाचनको प्रचारमा विवादित बनेको ह्युम पाइप वितरण योजना पनि परिवर्तन गरिएको छ । निवर्तमान वडा अध्यक्ष सुरेन्द्र विष्टले ह्युप पाइप वितरण गर्न खोजेपछि काँग्रेस कार्यकर्ताले विवाद गरेका थिए । विवादपछि रोकिएको चार लाखको ह्युम पाइप राख्ने योजना परिवर्तन गरी ग्राभेलिङ्ग गर्ने गरी रकमान्तर गरिएको छ ।

वडा नं. १६ गन्धालनाको ह्युम पाइपका लागि गत वर्ष चार लाख बजेट छुट्याएको छ । त्यसैगरी राधाकृष्ण मन्दिरको पर्खाल निर्माणको एक लाखबाट ह्युप पाइप खरिद गरी योजना फेरबदल गरिएको छ ।

भीनपा १७ वसन्तपुर नहर मार्ग कालोपत्रेको ५लाख बजेट दशरथ र श्रीराम टोल सुधारका लागि रकमान्तर गरिएको छ । यी दुबै वडामा काँग्रेसका वडा अध्यक्ष छन् ।

Himal dental
सम्बन्धित
Loading...