ghar sansar

भीमदत्तको श्वेतपत्रलाई निवर्तमान प्रवक्ता चन्दले भने – यो हिलोको किलो हो

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रवक्ता हिमाल चन्दले भीमदत्तले जारी श्वेतपत्र पत्र आगामी चुनाव मध्यनजर गरी ल्याएको हिलोको किलो भएको टिप्पणी गरेका छन् ।

भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व समेटेर श्वेतपत्र जारी गरेपछि निवर्तमान प्रवक्ता चन्दले दायित्व देखाएर नगरको विकास र जनतालाई सेवा सुविधा दिने कार्य रोक्न नपर्ने उल्लेख गर्दै श्वेतपत्रप्रति यस्तो टिप्पणी गरेका हुन् ।

,orning glory badhai

भीमदत्तमा अहिले निर्वाचित जनप्रतिनिधिको स्थानीय सरकार सम्बन्धि बुझाई संकीर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकार प्राइभेट कम्पनी नभएर संविधान र स्थानीय सरकार सञ्चालन ऐनका आधारमा चल्ने वैधानिक सरकार भएको बताए ।

dirghayi clinic

‘यो स्थानीय सरकार हो । अहिलेका सरकार वालाहरुको सरकार सम्वन्धिको वुझाई संकिर्ण भयो यो लिमिटेड कम्पनी नभई संविधान र स्थानिय सरकार सञ्चालन ऐन अनुसार आथिक दायित्व सिर्जना गर्न सक्ने रिण लिन सक्ने आर्थिक स्रोत परिचालन गर्ने वैधानिकता प्राप्त सरकार हो’ उनले भने ।

निवर्तमान प्रवक्ता आफूहरुको कार्यकालमा तीन करोडको आन्तरिक आम्दानी २२ करोड पुगेकोले त्यसको अध्ययन गर्न समेत आग्रह गरेका छन् । ‘३ करोडको आन्तरिक आयलाई २२ करोड कसरी पुगायौ’ उनले भने, ‘दायित्वबाट पन्छिनु भनेको काम गर्न नसक्ने स्रोत परिचालन एवम व्यवस्थापन गर्न असक्षमता दर्शाउने बाटो खोजेको देखिन्छ ।’

नगरपालिकाको अघिल्लो कार्यकालमा विकासको गतिलाई अघि बढाएको र धेरै दुरगामी योजना सम्पन्न गरिएकाले सफल कार्यकालका रुपमा मूल्याङ्कन गरिएको चन्दले बताए ।

‘जनअपेक्षा अनुसार विकासको गतिलाई अघि बढाएको धैरै दुरगामी प्रभाव पार्ने योजना सम्पन्न गरेको हाम्रो कार्यकालको मूल्याङ्कन पत्र हो’ उनले भने, ‘स्रोत परिचालन गर्न सक्ने स्रोत सुनिश्चित गर्न सक्ने सफल सरकारको कौसलतालाई दर्शाउँछ ।’

नगरपालिकाले अघि सारेको संघ प्रदेश र स्थानिय सरकार बीचमा साझेदारी र समन्वयबाट अघि बढे सहयोग गर्ने उनले बताए । त्यसका आधारमा ८ महिनामै सबै दायित्व तिर्ने अवस्थामा पुगाउने उनले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...