ghar sansar

पेट्रोल डिजेल मनपरी, तोकिएको मूल्य भन्दा ६ रुपैँया बढी अशुली

khasi

महेन्द्रनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि गर्न थालेपछि व्यवसायीले मनपरी गर्न थालेका छन् । महेन्द्रनगर बजार र आशपास पेट्रोल पम्पले आयल निगमले उपभोक्ताबाट तोकेको भन्दा बढी मूल्य लिन थालेका छन् ।

आयल निगमले पछिल्लो पटक बढाएको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय ९९ र डिजेल १९२ रुपैँया पुगेको छ । पेट्रोल पम्पले पेट्रोलमा कम्तीमा ४० पैसादेखि बढीमा ६ रुपैँया र डिजेलमा ४० पैसा बढी मूल्य लिएर बेचि रहेका छन् ।

महेन्द्रनगर बजार क्षेत्रका पम्पले पेट्रोल र डिजेलमा ४० रुपैँया बढी लिएर बिक्री गरि रहेका छन् । बजार बाहिरका पम्पले पेट्रोलमा ६ रुपैँयासम्म अशुल गरि रहेका छन् ।

भीमदत्त नगरपालिका १८ गोबरैयास्थित सोमबार विहान पुग्दा पेट्रोल प्रतिलिटर २०५.४० रुपैँयाका दरले बिक्री गरिएको पाइएको छ । त्यहीं बेला राजमार्ग किनारका पम्पमा भने १९९.४० रुपैँयामा प्रतिलिटिर पेट्रोल बिक्री भई रहेको पाइएको छ ।

dirghayi clinic

गोबरैयास्थित पेट्रोल पम्पमा कामदारलाई आयल निगमले तोकेको भन्दा किन बढी मूल्य लिएको भनेर सोध्दा उनले वास्तविक मूल्य यहीं नै भएको बताए ।

‘यो त निगमले तोकेको भन्दा बढी मूल्य भयो, किन बढी लिनु भयो भनेर सोध्यौ’ पेट्रोल पम्पमा पुगेका एक व्यवसायीले भने,‘त्यहाँ काम गर्ने भाईले यति नै मूल्य हो भनेर जिद्दी गरे, खै के हो, यति बढी मूल्य लिएर बेच्नु पर्ने होइन ।’

गोबरैया बाहेक पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पेट्रोल पम्प छन् । भीमदत्त नगरपालिका ६ स्थित ऐठपुर, त्यसपछि सेती महाकाली फिल्म हल, ट्राफिक चोक, भाँसी ब्यारेल, सुडा, दैजी लगायतका क्षेत्रमा पम्प सञ्चालनमा छन् । फिल्म हल र त्यस नजिक ट्राफिक चोक आशपासको क्षेत्रमा गरी तीन ओटा पम्प छन् ।

दोधारा चाँदनी नगरपालिकाको बाबाथान नजिकको पम्प विगतदेखि ढुवानीका कारण देखाउँदै उपभोक्ताबाट बढी मूल्य लिर्दै आएको छ । दोधारा चाँदनीका उपभोक्तालाई लक्षित गरी गोबरैया पम्प खोलिएको हो । तेलमा मिसावट गरिएपछि केही वर्ष अघि स्थानीय प्रशासनले पम्प बन्द गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले पम्पले बढी मूल्य लिएर बेचि रहेको कार्यालयमा गुनासो नआएको बताए । ‘बढी मूल्य लिएको भनेर अहिलेसम्म गुनासो आएको छैन, त्यस्तो रहेछ भने कार्यालयले बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...