ghar sansar

गुण्डागर्दीमा उत्रियो प्रहरी : आगजनी स्थलमा असईलाई प्रश्न सोध्दा पत्रकार विवश पक्राउ, दुई घण्टा हिरासतमा राखेर छाडिए

little buddha academy
khasi

महेन्द्रनगर । प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं. ४ फ्रिलाइनस्थित डिस्ट्रिब्युटर आगजनीको समाचार संंकलनका गरि रहेका पत्रकार रनि विवशलाई मंगलबार राति पक्राउ गरी दुई घण्टापछि छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्ना नेतृत्वको प्रहरी टोलीले राति १० बजे आगजनीस्थलमा पक्राउ गरी दुई घण्टा हिरासतमा लिएर मध्यराति छाडेको हो । जिल्ला प्रहरीको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालयको जिम्मा लगाईएको थियो ।

,orning glory badhai

आगजनी भई रहेको डिस्ट्रिब्युटर्स नजिक उभिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षकलाई मुचुल्का बनेको विषयमा प्रश्न सोधेपछि प्रहरी निरीक्षक ठगुन्नाले प्रहरीलाई निर्देशन दिएर पक्राउ गरेका हुन् ।

‘यो जलेको डिस्ट्रिब्युटर्सको मुचुल्का गरिएको हो कि, त्यसको जवाफमा त्यहाँ उभिएका असईले गरिएको हो, अनि मैले कति बेला गरिएको हो भनेर सोध्दा नजिकै उभिएका इन्सपेक्टरले यसलाई समात भन्यो, त्यसपछि हातपात गरी हुत्याएर गाडीमा फालियो’ पत्रकार विवशले भने,‘त्यसपछि गाडीमा राखेर मेडिकल गरी वडा प्रहरीको हिरासतमा दुई घण्टासम्म राखेर छाडियो ।’

राति १० बजे आगजनी स्थलमा पुगेको प्रहरी निरीक्षक ठगुन्ना नेतृत्वको टोलीले पुग्ने बित्तिक्कै सबैलाई लखेट्न थालेको थियो । त्यस अघि आगजनी स्थलमा एक जनाले जलेको डिस्ट्रिब्युटर्सको मोडल, ब्लुबुक लगायतका कागजात जाँच गर्नु पर्ने माग गरि रहेका थिए ।

dirghayi clinic

ती व्यक्तिले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भण्डारीसित पनि यसबारे कुरा गरेका थिए । वडा इन्चार्ज भण्डारी गएको आधा घण्टापछि आएका ठगुन्नाले एकाएक सबैलाई त्यहाँ लखेट्न थोर घरपकड गरेका थिए ।

पत्रकार विवश आजको नयाँ विकल्प दैनिकमा सम्पादक हुन् । विकल्प दैनिकको कार्यालय नजिक आगजनी भएपछि उनी सुरुदेखि त्यहाँ थिए ।

‘त्यहाँ कुनै पनि नराम्रो अवस्था थिएन्, ती एक जनाले कागजात चाहियो भन्ने बाहेक अरु कोही नि बोलेका थिएन, त्यहाँ भएका धेरै जना पानी बोकेर आगो निभाई रहेका थिए’ उनले भने,‘प्रहरीले के अशान्ति देख्यो, त्यहाँ भएकालाई जाउ भन्दा भन्दै लखेट्न थाल्यो ।’

पत्रकार विवशले आफनो पत्रिकाको कार्यालय नजिक भएको जानकारी गराउँदा समेत प्रहरीले मतलब नगरेको उनले बताए ।
प्रहरीले पक्राउ गरी गाडीमा राखेपछि मदनचोकमा पुगाएपछि हत्केडी लगाएर महाकाली प्रादेशिक अस्पतालमा मेडिकल जाँच गराइएको थियो । त्यसपछि वडा प्रहरी कार्यालयको शान्ति सुरक्षा विरुद्धको कसुरमा पूर्जी दिएर हिरासतमा राखिएको थियो ।

‘मैले त्यहाँ प्रश्न सोधेर ठूलै अपराध गरेको रहेछु भन्ने लाग्यो, हत्केडी लगाएर मेडिकल जाँच गरी मोबाइल, रुमाल लगायतका सबै समान नियन्त्रणमा लिएर हिरासतमा राखियो, खान तलासी गरियो’ उनले भने,‘शान्ति सुरक्षा विरुद्धको कसुर गरिएकाले पक्राउका लागि हिरासतमा राखिएको भनेर पूर्जी दिइयो ।’

वडा प्रहरी कार्यालयले राति नै पत्रकारको जिम्मा लगाएर उनलाई छाडेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले पक्राउको निन्दा गरेको छ । यसबारे केही समयपछि पत्रकार महासंघको बैठक बस्ने तयारी गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...