ghar sansar

दोधारा चाँदनी सुख्खा बन्दगारह : इआएपछि मात्रै ठेक्का सम्झौता

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) आएपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्ने भएको छ । वन मन्त्रालयबाट स्वीकृत भएपछि इआए फाइल अहिले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेको छ ।

उद्योग बाणिज्य मन्त्रालयबाट वन मन्त्रालयमा पुगेपछि प्रतिवेदन स्वीकृत हुनेछ । वन मन्त्रालयबाट प्रतिवेदन स्वकृति भएपछि मात्रै सुख्खा बन्दरगाह निर्माणको सम्झौता प्रक्रिया अघि बढ्ने देखिएको हो ।

,orning glory badhai

सुख्खा बन्दरगाह निर्माण गरि रहेको इन्टरमोडल यातायात विकास समितिका निर्देशनक होमेन्द्र मोहन शाहीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेको इआए फाईल वन मन्त्रालयमा पुगेर स्वीकृत नभएसम्म ठेक्का प्रक्रिया अघि बढ्न नसक्ने बताए ।

‘अहिले उद्योग मन्त्रालयमा फाईल पुगेको छ, वन तथा वातावरण मन्त्रालयमा जाने इआइएको रिपोर्ट आएपछि मात्रै ठेक्का सम्झौता कार्य अघि बढ्छ’ सोमबार सुख्दा बन्दरगाह स्थलगत निरीक्षणमा आएका उनले भने ।

सरकारले १३ वर्ष अघि दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा सुख्खा बन्दरगाह बनाउने घोषणा गरेको थियो । स्थानीयको अवरोधका कारण कञ्जभोजमा बनाउन नसकिने अवस्था आएपछि तीन वर्ष अघि दोधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाह बनाउने तयारी अघि बढेको छ । सुख्खा बन्दरगाहको गुरु योजना निर्माण गरी आइए कार्य अघि बढाइएको हो ।

dirghayi clinic

सुख्खा बन्दरगाहको गुरु योजना अनुसार दुई सय ८० बिगाहा जमिन प्रस्ताव गरिएको छ । त्यसमा भन्सार, गोदाम घर, बैंक, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ लगायत पूर्वाधार निर्माण हुने उल्लेख गरिएको छ । भारतीय पक्षबाट पनि सुख्खा बन्दरगाहसम्मको कनेक्टिभिटीका लागि सडक निर्माण अघि सुरु गरिएको छ ।

सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । आगामी वर्ष सुख्खा बन्दरगाहमा एक अर्ब एक करोड बजेट खर्च हुने छ । सुख्खा बन्दरगाह बनाउन संघ, प्रदेश र स्थानीय सरकार सबै सक्रिय रुपमा लागेका छन् ।

इन्टरमोडल यातायात विकास समितिका निर्देशक शाही सहित भारतीय राजदूतावासका सह सचिव प्रशान्त कुमार सोनी लगायतले सुख्खा बन्दरगाह निर्माण क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् ।

सुख्खा बन्दरगाह घोषणापछि सरकारले गड्डाचौकीदेखि चाँदनीसम्म ६ लेन सडक र महाकाली नदीमा पुल निर्माण कार्य अघि बढाएको थियो । गड्डाचौकीदेखि पुलसम्म सडक निर्माण अन्तिमतिर चरणमा छ । महाकाली पारी सुख्खा बन्दरगाह निर्माण स्थलसम्म सडकको ट्रयाक यस अघि नै खोलि सकिएको छ ।

चीनको ताक्लाकोट जोड्ने महाकाली कोरिडोरलाई पनि सुख्खा बन्दरगाहसम्म पुगाउने कार्य अघि बढेको छ । ब्रह्मदेबसम्म मापन गरिएका कोरिडोरलाई दोधाराा चाँदनीसम्म पुगाउन दबाव दिन थालिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सुख्खा बन्दरगाह बनेपछि आर्थिक कारोबार बढेर विदेश जानु पर्ने बाध्यता हट्ने बताए ।

‘अहिलेसम्म केही पनि भएको छैन, समयमै यसको निर्माण गरि दिए रोजगारी पाउने र रोजगारीको लागि विदेशिने पर्ने अवस्था हुँदैन’ उनले भने, स्थानीय सरकार सक्दो सहयोग गर्न तयार छ ।’

Himal dental
सम्बन्धित
Loading...