ghar sansar

शुक्लाफाँटा नगरपालिकाका सव इन्जिनियर आफैं ठेकेदार, कारवाही गर्न स्थानीयको माग

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा कालोपत्रे सडक भत्किएपछि विवादमा तानिएका शुक्लाफाँटा नगरपालिकाका सव इन्जिनियर टेकेन्द्र प्रसाद भट्टलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् । स्थानीयले सरकारी कर्मचारीले आचरण र कानुन विपरित कार्य गरेकाले तत्काल कारवाही गर्नु पर्ने माग गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकाको योजना शाखामा कार्यरत भट्ट कालागाडौमा भत्किएको कालोपत्रे ठेक्कामा साझेदार देखिएका छन् । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले ४२ लाखमा प्रकाश नेगीसित सम्झौता गरिएको छ । सव इन्जिनियर भट्ट नेगीसित ठेक्कामा साझेदार छन् । स्थानीयका अनुसार सव इन्जिनियर भट्ट सडक निर्माणका लागि पटक पटक आउने गरेका थिए ।

,orning glory badhai
dirghayi clinic

स्थानीय केशव साउँदले सरकारी जागिरे भएर ठेक्कापट्टामा लाग्नु कानुन विपरित भएकाले तत्काल कारवाही गर्न पर्ने बताए । ‘सरकारी जागिर पनि खाने, ठेक्कापट्टा पनि गर्ने, यो सरासर गैर कानुनी काम हो’ उनले भने,‘छिटो भन्दा छिटो कारवाही होस ।’

स्थानीय साउँद लगायतले सडक भत्किएको भन्दै विरोध गरेपछि अहिले स्थानीय सरकार र पूर्वाधार कार्यालय दुबै सडक निर्माण स्थलमा पुगेका छन् । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले सडकको स्थलगत निरीक्षण गरी सडक मर्मत गर्न निर्देशन दिएका छन् ।

शुक्लाफाँटा नगरपालिकाले सडक कालोपत्रेमा विवादमा मुछिएका सव इन्जिनियर भट्ट सम्बन्धी आधिकारिक धारणा बाहिर ल्याएको छैन । स्थलगत निरीक्षणमा पुगेका मेयर महरालाई स्थानीयले सव इन्जिनियर भट्टलाई कारवाही गर्न माग गरेका थिए ।

सव इन्जिनियर भट्ट सडक निर्माण हुँदा आउने गर्दा स्थानीयले नगरपालिकाको बजेट भएको आशंका गरेका थिए । कालोपत्रे उप्किएर विवाद बढेपछि भट्ट कर्मचारी र ठेकेदार दुबै भएको खुलेको हो । सरकारी कर्मचारी ठेक्कापट्टामा भएको देखिएपछि स्थानीय आक्रोशित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...