ghar sansar

कञ्चनपुरमा कृषि पत्रकार महासंघ गठन, अध्यक्षमा कुँबर

little buddha academy
khasi

महेन्द्रनगर । कृषि पत्रकार महासंघ कञ्चनपुरको अध्यक्ष ऐश्वर्या कुँबर चयन भएकी छन् । महासंघको सोमबार भेलाबाट कुँबरको अध्यक्षतामा समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा खडक बहादुर कोहली, सचिव गोकुल जोशी, सह सचिव जुद्ध चौधरी र कोषाध्यक्षमा आशा चौधरी चयन भएका छन् । समितिमा शंकर अवस्थी, पप्पु गुरुङ्ग, गौरब विष्ट, मदन नेपाली लगायतका सदस्य भएका छन् ।

,orning glory badhai

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष हिमेश विकको अध्यक्षतामा गरिएको भेलामा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधव सिह धामी प्रमुख अतिथि थिए । भेलाको बन्द सत्रमा समितिका ९ सदस्य चयन गरी पदाधिकारीको टुङ्गो लगाइएको छ ।

समितिका अध्यक्ष सहित पदाधिकारी र सदस्य सबैलाई भेलाका प्रमुख अतिथि पत्रकार महासंघका अध्यक्ष धामीले टिका लगाएका छन् ।

समितिका अध्यक्ष कुँबरले कृषि पत्रकार महासंघको लक्ष्य अनुसार आपूmले संस्थालाई सक्रिय रुपमा अघि बढाउने प्रतिवद्धता गरेकी छन् ।

dirghayi clinic

भेलाको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि धामी सहित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पान सिह ठगुन्ना, कृषि ज्ञान केन्द्रका कृषि अधिकृतद्वय जनकराज जोशी र हरि जोशी, महाकाली सिँचाई व्यवस्थापन कार्यालयका प्रमुख तारा प्रसाद भट्ट, पत्रकारहरु पुष्पराज जोशी, मोहन विष्ट, रनि विवश लगायतले आफ्नो धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि धामीले कृषि पत्रकार महासंघ गठन भएपछि कृषि क्षेत्रले मिडियामा प्राथमिकता पाउने उल्लेख गर्दैै कृषिका समाचार लेख्ने पत्रकारले दैनिक रुपमा समाचार लेख्नु पर्ने बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ठगुन्नाले महासंघले कृषक र कार्यालयको सेतुका रुपमा काम गर्नु पर्नेमा जोड दिए । उनले कृषि क्षेत्रका समस्या, अवसर, चुनौती, विकृति सबै बाहिर आउनु पर्ने उल्लेख गरे ।

कृषि ज्ञान केन्द्रका जोशीले मिडियाले कृषि क्षेत्रलाई प्राथमिकता दिनु महासंघ नै गठन हुन सराहनीय भएको बताए ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालयका प्रमुख भट्टले पत्रकारले समाचार सम्पे्रष्ण गर्दा कार्यालयसित समन्वय गरिनु पर्ने आवश्यकता औल्याए ।

भेलामा कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष तर्कराज भट्ट, सचिव तेज बोहरा, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, पत्रकार कृत बहादुर विष्ट, सहकारी बोर्डका सदस्य दशरथ भण्डारी लगायतका सहभागी भएका छन् ।

महासंघका प्रदेश सचिव बोहराले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष विकले सुदूरपश्चिमका सबै जिल्लामा शाखा गठन गरिने जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...