ghar sansar

शुक्लाफाँटामा २७ करोड लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन सुरु, भीमदत्तमा कहिले हुन्छ ?

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु भएको छ । चालु आर्थिक बर्ष भदौँ पहिलो सातादेखि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु भएको हो ।

क्षेत्रीय शहरी विकास आयोजना (आरयूडिपी)ले शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा केन्द्र बनाउन सरकारले जग्गाके भोगाधिकार दिएपछि ठेक्का गरिएको थियो । ठेक्का सम्झौतापछि निर्माण कार्य अघि बढेको हो ।

,orning glory badhai

शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्टले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि कार्य अघि बढाएको बताए । निर्माण कम्पनीसंग सम्झौता भईसकेपछि सो क्षेत्रमा पर्ने रुख हटाउनका लागि डिभिजन वन कार्यालय पत्राचार गरिनको बताए । ‘निर्माण स्थलमा रहेका रुख हटाउनका लागि नगरपालिकाबाट वनमा पत्राचार भईसकेको छ, ‘उनले भने, ‘छपान शुरु भएपछि कामकाम अघि बढ्छ ।’

सामुदायिक वनले समेत काममा लागि सहमती भएको बताउदै प्रमुख प्रशासकीय अधिकृत भट्टले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्झौता अनुरुप गराउने बताए । शुक्लाफाँटा नगरपालिका ईन्जिनियर दिपक धामीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रमन केएस जेभीले २७ करोड लगातमा २० महिनाभित्रै केन्द्र निर्माणको जिम्मा पाएको बताए ।

dirghayi clinic

ईन्जिनियर धामीले झण्डै ५ हेक्टर जमिन क्षेत्रफलमा विभिन्न संरचना निर्माण हुनेछन । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले आइतबार सर्वदलिय, सर्वपक्षीय बैठक आब्हान गरेर एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सबै क्षेत्रबाट प्रतिबद्धता आएको बताए ।

‘हाम्रो नगरभित्रबाट निस्किने फोहोर एक ठाँउमा बिर्सजन गर्नका लागि केन्द्र निर्माण कार्य अघि बढिसकेको छ, ‘उनले भने, ‘अब कामकाज समेत अघि बढ्नेछ ।’ ८२८रुख हटाउनका लागि वनबाट छपान भएसंगै निर्माण कार्यले थप गति लिने बताए । ‘यो हाम्रो चुनावी एजेण्डा पनि थियो, ‘मेयर महराले भने, ‘फोहोरमैला केन्द्रको काम अघि बढेपछि जनता खुसी भएका छन ।’

शुक्लाफाँटाका मेयर महरा सर्वदलीय संयन्त्रको सदस्य हुँदा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउने लगायतका योजना सहित क्षेत्रीय सहरी विकास आयोजना सुरु भएको थियो । महरा मेयरमा निर्वाचित भएपछि अहिले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अघि बढेको छ ।

एशिलाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत कञ्चनपुरमा शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा योजना सुरु भएको हो । भीमदत्तमा भने फोहरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा पाउन नसकेर अन्यौल अहिलेसम्म अन्यौल कायम छ ।

भीमदत्तका मेयर पदम बोगटीले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि दुई महिना अघि विज्ञ सहितको समिति गठन गरी अघि बढाउने निर्णय गरेका थिए । मेयर बोगटीको निर्णय अनुसार अहिलेसम्म कुनै पनि कार्य अघि बढेका छैनन् ।

Himal dental
सम्बन्धित
Loading...